काठमाडौं । कृषिमन्त्री पद्मा अर्यालले नेपाल पाँच वर्षभित्र कृषि तथा पशुपन्छीजन्य उत्पादनमा आत्मनिर्भर बन्ने बताएकी छन् ।
मन्त्रालयद्वारा आज आयोजित पशुपन्छीजन्य उत्पादनमा मुलुकनिश्चित उत्पादन क्षेत्रमा आत्मनिर्भर भएको घोषणा गर्ने कार्यक्रममा बोल्दै उनले आत्मनिर्भरता अभिवृद्धिका लागि सरकारले पञ्चवर्षीय कार्यक्रम ल्याउने बताइन् ।
‘हामी अबको पाँच वर्षमा कृषि पशुपन्छीमा आत्निर्भर बन्ने मात्र नभएर निर्यातसमेत गर्न सक्ने गरी पञ्चवर्षीय कार्ययोजना बनाइरहेका छौं । पहिलो वर्ष यति, दोस्रो वर्ष यति भनेर योजनावद्धरुपमा अघि बढ्छौं,’ मन्त्री अर्यालले दाबी गरिन् ।
कृषि क्षेत्रमा फड्को मार्न सरकारले नयाँ अगाडि बढ्न खोजिरहेको उनको भनाइ छ ।