पालिका खबर

गोरु काटेको अभियोगमा पाँचजना पक्राउ

बागलुङ ।  गोरु काटेको अभियोगमा ढोरपाटन नगरपालिका-८ का  पाँचजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ढोरपाटन-८ भित्ताटोलका ४९ वर्षीय मनबहादुर विक, ४४ वर्षीय नन्दराम विक, ३८ वर्षीया पुनी विक, २६ वर्षीया मीना विक र ढोरपाटन-२ घर भई हाल वडा नं ८ भित्ताटोल बस्ने ३६ वर्षीय हरि परियार रहेका छन् ।

सुराकीका आधारमा घटनास्थलमा पुगेको प्रहरी चौकी ढोरपाटनको टोलीले उनीहरुलाई गोरुको मासुसहित नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक इग्वाल हवारीले जानकारी दिए ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय बागलुङ ल्याई अनुसन्धान थालिएको उनले बताए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *