राजनीति

एमालेको एकता कायमै राख्न हरसम्भव कोशिस गरौं : भट्टराई

काठमाडौं । नेकपा एमाले नेता योगेश भट्टराईले नेकपा एमालेको एकता कायम राख्न सबैले हरसम्भव कोशिस गर्नुपर्ने बताएका छन् ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेतालाई स्पष्टिकरण सोधेको र नेपालले उल्टै काउन्टर प्रश्न सोधेपछि पार्टीभित्रको विवाद झनै गम्भीर मोडमा पुगेको छ ।

यो अवस्थामा भट्टराईले थोरै पनि लचकताबाट यो सम्भव रहेने बताएका छन् ।

ट्वीटरमा लेखेका छन्, ‘बिग्रेपछि हुने नोक्सानीले मुलुकलाई दशकौ पछि धकेल्ने छ । अतिवाद र अस्थिरताले केसम्म गर्छ निकट विगतलाई सम्झे मात्र पुग्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *