पालिका खबर

चक्रपथको दोस्रो खण्ड विस्तार चीनको जिम्मामा

काठमाडौं । कलंकीदेखि महाराजगन्ज–धोबीखोला चक्रपथ दोस्रो खण्ड विस्तार अब चीन सरकारको जिम्मामा पुगेको छ ।

चक्रपथ विस्तार दोस्रो खण्डअन्तर्गत विस्तारको पूर्वतयारी सकिएसँगै चीन सरकारलाई आमन्त्रण गर्न लागिएको हो ।

विस्तारका लागि चीनबाट टोली आएसँगै काम सुरु हुने जनाइएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार विस्तारस्वरुप पूर्व तयारीको मुख्य काम सकिएको छ।

मुआब्जा वितरण प्रक्रियापछि अब काम सुरु गर्न सकिने अवस्था रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *