पालिका खबर

वायु प्रदुषणले ढाक्यो काठमाडौंकाे आकाश, हवाई उडान प्रभावित

काठमाडौं । शुक्रबार दिउँसो काठमाडौंको आकाशमा तुवाँलो बढेको छ । शुक्रबार बिहानैदेखि घाम लागेको छैन् भने कतैबाट पनि हावा चलेको छैन ।

मौसदविद्हरुका अनुसार खडेरीका कारण हावा सुख्खा भएको र हावाले धुवाँ र धुलो काठमाडौं उपत्यकामा ल्याएका कारण उपत्यकामा प्रदुषण बढेको हो ।

प्रदुषणका कारण घर बाहिर निस्किँदा पनि आँखा पोल्ने तथा घाँटीमा खसखस हुने समस्या भएको सर्वसाधारण भोग्नुपरेको छ ।

शुक्रबार काठमाडौं उपत्यकामा अत्याधिक बढेको प्रदुषण भक्तपुरमा ३०५ एक्युआई (एयर क्वालिटी इन्डेक्स), कीर्तिपुर २२१ र काठमाढौंको भैंसेपाटीमा ४७० एक्युआइ देखिएको छ ।

प्रदुषण बढेसँगै आकाशमा भिजिबिलिटी पनि कम भएको छ । जसकाराण त्रिभुवत अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडानहरु प्रभावित भएका छन् ।

सँगै अवतरण गर्ने विमानहरु पनि प्रभावित भएका छन् । विमानस्थल प्रशासनका अनुसार शुक्रबार दिउँसो २ बजेदेखि विमानस्थलमा उडान र अवतरण बन्द गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *