अर्थ

राष्ट्रिय जनगणना वैशाख २६ गतेबाट सुरु हुने

काठमाडौं । राष्ट्रिय जनगणना आगामी वैशाख २६ गतेबाट सुरु हुने भएको छ । प्रत्येक १०–१० वर्षमा हुँदै आएको गणना यो पटक दुई चरणमा जनगणना हुने केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।

पहिलो चरणमा २०७८ वैशाख २६ गतेदेखि जेठ १४ सम्म जम्मा २० दिन र दोस्रो चरणमा २०७८ जेठ २५ गतेदेखि असार ८ गतेसम्म जम्मा १५ दिन हुने केन्द्रीय तथ्यांक विभागले जानकारी गराएको छ ।

सुपरिवेक्षकहरूबाट प्रत्येक व्यक्तिको घरदैलोमा पुगी घर तथा घरपरिवार सूचीकरण फाराममार्फत् घर र घरसम्बन्धी विवरण, परिवारमा अक्सर बसोबास गरेको परिवारका सदस्य संख्या, परिवारको कृषि सम्बन्धी, ऋण, बैंक खाता, सरकारी अनुदान घर निर्माण, व्यवसायिक तालिम सम्बन्धी विवरण संकलन गरिने विभागले जनाएको छ ।

नेपालमा विक्रम संवत १९६८ देखि जनगणना गर्ने काम सुरू भएको हो । विक्रम संवत २०७८ को राष्ट्रिय जनगणना नेपालको १२ औं र विक्रम संवत २०७२ मा जारी भएको नेपालको संविधान बमोजिमको संघीय प्रणालीको पहिलो जनगणना हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *