राजनीति

अदालतले पार्टीमा फर्कादिए पनि ढोका बन्द भयोः नेपाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले आफूलाई सर्वोच्च अदालतले घोक्र्याएर एमालेमै फर्कादिएको बताएका छन् ।

शनिबार बृहत् नागरिक आन्दोलन नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा गरेको ‘नागरिकको प्रश्न दलहरुको जवाफ’ विषयक अन्तक्रिया कार्यक्रममा वरिष्ठ नेता नेपालले सर्वोच्चले पुरानै पार्टीमा फर्कादिए पनि त्यहाँ आफूका लागि ढोका बन्दा भएको बताएका हुन् ।

उनले ओलीले आफूलाई पार्टीबाट घोक्र्याउन खोजको भन्दै आफू नडराउने बताए ।

‘आज म बढो आफ्ठ्यारो महसुस गर्दैछु, त्यही पार्टीमा मलाई सर्वोच्च अदालतले घोक्र्याएर पठाइदिएको छ’, नेपालले भने, ‘सर्वोच्च अदालतले बढो विचित्रको फैसला गरेको छ ।’

उनले दुईपार्टी एक भएको निर्वाचन आयोगले प्रमाणित गरेर प्रमाण समेत दिएको र यो बीचमा अन्य गतिविधि पनि भएको बताउँदै सर्वोच्चले नमानने फैसला गरेको बताए ।

उनले सर्वोच्चको आदेश अनुसार पुरानो ठाउँमा फर्कन खोजे पनि आफूहरुका लागि ठोका बन्द भएको बताए ।

उनले आफूले पार्टीको अन्तरविरोध पार्टीभित्र नराखेर बाहिर आएर राख्न बाध्य भएको बताए । ‘पार्टीको कुरा यहाँ किन भन्यो भन्ने तपार्इंहरुलाई लागे होला, पार्टीभित्रै गएर भनिदिए हुन्थ्यो भन्ने पनि लागे होला’, उनले भने, ‘पार्टीमा त ढोका बन्द गरिदिएको छ ।’

उनले सर्वोच्च अदालतले पार्टीलाई २०७५ जेठ ३ गते अगाडिको अवस्थामा फर्कादिए पनि ओलीले त्यसलाई अस्वीकार गर्दै गोप्य भेला बोलाएर आफ्नो पक्षलाई बाइकट गरेर अगाडि बढेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *