शिक्षा

बगालेको अध्यक्षतामा संसदीय मामिला पत्रकार समाजको नयाँ कार्यसमिति

काठमाडौं । संसदीय मामिला पत्रकार समाजको आगामी कार्यकालका लागि सञ्जिव बगालेको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।

समाजको आज सम्पन्न निर्वाचनले उपसभापतिमा डीपी उपाध्याय र तुलसी सापकोटा, महासचिव विष्णु खड्का, सचिव जयसिंह महरा र दीपेश श्रेष्ठ तथा कोषाध्यक्षमा सिर्जना घिमिलेलाई चयन गरेको हो ।

समाजको सातौँ अधिवेशनबाट कार्यसमितिका सदस्यमा रोशन सापकोटा, सविता शर्मा, अङ्गराज न्यौपाने, किरण दाहाल, शम्भुु दङ्गाल, आकाश घिमिरे, केशवबहादुर भूल र अमरदीप श्रेष्ठ दुुई वर्षे कार्यकालका लागि निर्वाचित भएका छन् ।

संसद् र संसदीय समितिलाई मुख्य बिट बनाएर समाचार लेख्ने र तस्बिर खिच्ने पत्रकारको साझा थलोका रुपमा समाज रही आएको छ ।

उक्त समाजको पछिल्लो अद्यावधिकमा १३६ जना पत्रकार सदस्य कायम छन् । निर्वाचित पदाधिकारीलाई निर्वाचन मण्डलका संयोजक टङ्क पन्तले निर्वाचनको नतिजा सुुनाए ।

सो अवसरमा अध्यक्ष नारायण काफ्लेले माला लगाई नवनिर्वाचित पदाधिकारीलाई स्वागत अभिवादन गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *