पालिका खबर

दिउँसै मापसे गर्ने १५ जना ट्राफिक कारबाहीमा

काठमाडौं । होलीका दिन उपत्यकामा ट्राफिक प्रहरीले आइतबार काठमाडौं उपत्यकामा सवारी जाँचलाई कडा बनाएको छ ।
उपत्यका छिर्ने नाकासहित काठमाडौंको चक्रपथका सबै चोक साथै ललितपुर र भक्तपुरका मुख्य तथा भित्री सडकहरूमा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ ।

उपत्यकाका तीनवटै जिल्लाका मुख्य चोकका ९० स्थानमा ट्राफिक प्रहरीले होली केन्द्रित चेकजाँचलाई सक्रिय राखेको छ ।

होलीको दिन सम्भावित दुर्घटनालाई ध्यान दिएर चेकिङ बढाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए ।

अधिकारीका अनुसार आइतबार बिहानदेखि दिउँसो १ बजेसम्म १५ जना चालक माद्यक पदार्थ सेवान कसुरमा कारबाहीमा परेका छन् ।

सोही समयमा १ सय ७० वटा दुईपाङ्गे र चारपाङ्ग्रे सवारी साधन कारबाहीमा परेका छन् । सवारी चालक अनुमतिपत्र र ब्लुबुक साथमा नबोकी सवारी साधन चलाउने ती चालक कारबाहीमा परेका हुन् ।

‘होलीमा मापसे गरेर सवारी चलाउने, क्षमताभन्दा बढी यात्रु बोक्ने, ट्राफिक नियम उल्लङ्घन गर्ने व्यवहार बढी देखिन्छ । हर्सोल्लास चाडपर्वको दिन सवारी साधन दुर्घटनामा नपरुन् भन्ने उद्देश्यले उपत्यकाका सबै चोकमा रातभरि नै चेकिङलाई सक्रिय राखिने छ,’ प्रवक्ता अधिकारीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *