अर्थ

बिहीबारदेखि काठमाडौंमा सहुलियत मूल्यका पसल सञ्चालन गरिने

काठमाडौं । दसैंलाई लक्षित गर्दै असोज बिहीबारदेखि सहुलियत मूल्यको पसल सञ्चालन गरिने भएको छ।

सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनले आगामी मङ्सिर ७ गतेसम्म पसल सञ्चालन गर्ने भएका हुन्।

खाद्य कम्पनीले काठमाडौं उपत्यकाका पाँच बिक्री केन्द्रमा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ।

कम्पनीका अनुसार थापाथली, रामशाहपथ, नख्खु, लगनखेल र सूर्यविनायकमा रहेका बिक्री काउन्टरमा नै सुपथ मूल्य सञ्चालन गर्ने र सम्भाव्यताका आधारमा बाहिरका जिल्लामा समेत पसल सञ्चालन गरिने कम्पनीका प्रमुख कार्यकारी निर्देशक नेत्रप्रसाद सुवेदीले जानकारी दिए।

आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको छलफलमा दुई कम्पनीलाई काठमाडौं उपत्यकामा पाँच-पाँच स्थानमा सुपथ मूल्यका पसल सञ्चालनको अनुमति दिइएको छ।

सोही अनुमतिका आधारमा दुबै कम्पनीले बिक्री काउन्टरमा सुपथ मूल्य पसल सञ्चालनको तयारी गरिएको सुवेदीले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *