राजनीति

साउनदेखि वृद्धभत्ता बढाउने प्रधानमन्त्रीको घोषणा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गरेका छन् ।

मंगलबार काठमाडौंमा आयोजित रिपोर्टस क्लबको वार्षिकउत्सव कार्यक्रममा बोल्दै उनले साउन १ गतेदेखि वृद्धभत्तालगायतका सामाजिक सुरक्षा भत्ता बढ्ने घोषणा गरेका हुन् ।

‘यो सरकारले विकास, निर्माणका काममा धेरै प्रगति गरेको छ । तर, पनि केही व्यक्ति केपी ओलीलाई सरकारबाट निकाल्नुपर्छ भन्दैछन्, यसो भन्नेका तर्कमा कुनै सत्यता छैन,’ नेकपाका अध्यक्षसमेत रहेका ओलीले भने, ‘यो सरकारले आउँदो साउनदेखि वृत्तभत्ता बढाउँदै छ । यस्ता राम्रा काम धेरै गरिनेछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *