काठमाडौं । चीन सरकारले नेपाललाई अनुदानमा दिएको कोरोनाविरुद्धको खोप ४० देखि ५९ वर्ष सम्मका व्यक्तिलाई लगाइने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलमा आज बसेको आइसीएसको बैठकले हाल ४० देखि ५९ वर्षसम्मका नागरिकलाई खोप दिने निर्णय गरेको हो ।
मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले चीनबाट प्राप्त ८ लाख डोज खोप पूर्वाधारको हिसाबले उपयुक्त अस्पतालहरुबाट दिइने व्यवस्था गरिने तयारी भइरहेको जनाएका छन् ।
उनले त्यसका लागि फरक किसिमको कार्ड बनाउने तयारी गरेको समेत जानकारी दिए ।
चीन सरकारले ८ लाख डोज कोरोना विरुद्धको खोप सार्सकोभ-२ भ्याक्सिन (भेरोसेल) अनुदानमा दिएको हो ।
सो खोप कसलाई र कसरी दिने भन्ने विषयमा यसअघि छलफल भइरहेको थियो । कहिलेबाट खोप दिन सुरु गरिने भन्ने विषयमा भने सार्वजनिक सूचना गरेर जानकारी दिइने मन्त्रालयले जनाएको छ ।