राजनीति

देशलाई अनिर्णयको अवस्थामा राख्ने अधिकार कसैलाई छैन: गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले देशलाई अनिर्णयको अवस्थामा राख्ने अधिकार कसैसँग नभएको बताएका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकपछि बाहिरिने क्रममा थापाले अबको एक हप्ताभित्र सबै विषय टुङ्गिनु पर्ने बताए ।

नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाले आआफ्नो निर्णय तुरुन्तै गर्नुपर्ने थापाको भनाइ छ ।

उनले भने, ‘हामीले पनि लामो समयसम्म संसद र देशलाई अलमलमा राख्नुहुन्न । माओवादी केन्द्रले पनि समर्थन फिर्ता लिने, नलिने तत्काल निर्णय गर्नुपर्छ । जसपाले पनि प्रधानमन्त्री ओलीलाई समर्थन गर्ने भए गर्ने भनोस्, हामीलाई गर्ने भए गर्ने भनोस् ।’

थापाले थपे, ‘हामीले पनि माओवादी र जसपासँग निर्णायक वार्ता गरेर समर्थन लिन सक्छौँ, हामीले समर्थन लिएर सरकार बनाउने भनौँ । अब सरकार चलाउने इच्छा छैन भने छैन भनेर भनौँ । हामी अहिले जसरी यो संसदलाई किंकर्तव्यविमुढ जस्तो अवस्थामा बनाएका छौँ, यो देशप्रतिको घात हो । हामी सबै मिलेर गरिरहेका छौँ अहिले । अनिर्णयको अवस्थामा राख्ने अधिकार हामी कोहीसँग पनि छैन । अब अधिकतम् एक हप्ताभित्रमा यो सबै कुरा हामीले टुंग्याउनुपर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *