पालिका खबर

काठमाडाैंमा बालाजु बाइपासमा सूचना केन्द्र निर्माण गरिने

काठमाडौं । काठमाडौं महानगरपालिकाले बालाजु बाइपासमा सूचना केन्द्र निर्माण गर्न थालनी गरेको छ । कामपाको स्वामित्वमा रहेको बालाजु बाइपासको कित्ता नं ९९ र १२५ मा सूचना केन्द्र निर्माणका लागि आज शिलान्यास गरिएको छ ।

शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र कामपाका प्रमुख विद्यासुन्दर शाक्यले संयुक्त रूपमा सूचना केन्द्रको शिलान्यास गरे । निर्माण हुने केन्द्रले उत्तरी क्षेत्रबाट हुने आवागमनको लगत राख्ने छ ।

केन्द्रबाट बालाजुबाट बाहिरिँदा पुगिने ठाउँ र भित्र आउँदा आवश्यक पर्ने सेवा प्राप्त हुने ठाउँका बारेमा जानकारी दिइने पनि बताइएको छ । मन्त्री मानन्धरले ‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्न उपत्यकाका विभिन्न स्थानमा सरकारले अत्याधुनिक सुविधा सहितका यस्ता केन्द्र स्थापना गर्ने लक्ष्य लिएको बताए ।

सूचना केन्द्रबाट पर्यटक र सर्वसाधारणलाई काठमाडौं र उत्तरी क्षेत्र हुँदै पुगिने नुवाकोट, रसुवा र गोरखा जाने बाटोलगायत बारेमा पनि सूचना प्रप्त हुनेछ ।

करिब एक करोड लागतमा बालाजु बाइपासमा निर्माण हुन लागेको सूचना केन्द्रको निर्माणका लागि कमपाले ९५ लाख ६० हजार र उपभोक्ताले १० लाख ६० हजार व्यहोर्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *