पालिका खबर

काँकडभिट्टा नाकामा भारतबाट फर्कनेको भीड, कोरोना चेकजाँचमा कडाइ

काठमाडौं । नेपालको पूर्वीनाका काँकडभिट्टामा भारतबाट फर्कने नेपालीको भीड बढेको छ । भीड बढेसँगै सीमानाकामा स्वस्थ्य टोली र प्रहरीले चेकजाँचमा कडाइ गरेको छ ।  

भारतका विभिन्न सहरमा कोरोना भाइरस संक्रमणको दर बढ्न थालेपछि भारतसँग सीमा जोडिएका नेपालतर्फका नाकाबाट हुने आवत-जावतमा कडाइ गर्न थालिएको हो । 

केही दिनयता भारतको पश्चिमबंगालस्थित रानीगञ्ज पानीट्याँकीसँग सीमा जोडिएको नेपाल प्रवेशको पूर्वीद्वार काँकरभिट्टामा समेत कडाइ गर्न थालिएको हो । 

स्थानीय प्रशासनका अनुसार छिमेकी मुलुक भारतका विभिन्न सहरहरूमा नोवल कोरोना भाइरस कोभिड-१९ संक्रमणको दर बढ्न थालेपछि कामको खोजीमा गएका नेपालीहरू केही दिनयता यो नाका भएर घर फर्कने थालेका छन् । 

संक्रमण देखिएका ठाउँबाट नेपालीहरू स्वदेश फर्कने हुनसक्ने आकलन गर्दै सीमा वारपारमा कडाइ गरिएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक सुनिलसिहं दाहालले बताए । 

खुला सीमानाका कारण त्यहाँबाट मानिसको आवत-जावत हुनसक्ने प्रहरीको भनाइ । अहिले भारतका विभिन्न ठाउँबाट आउने वा नेपालका विभिन्न ठाउँबाट भारततर्फ जाने सबैको अभिलेख राख्नुका साथै आफ्नो परिचय खुल्ने परिचय पत्र अनिवार्य गरिएको छ ।

मेचीनगर नगरपालिकाको कोभिड-१९ रोगथाम नियन्त्रण व्यवस्थापन समितिले नगरपालिकाले यसअघि सीमानाकामा सञ्चालनमा ल्याएको हेल्पडेक्सलाई थप प्रभावकारीरूपमा सञ्चालन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *