राजनीति

प्रचण्डको निवेदनमा फैसला पुनरवलोकन नगर्ने सर्वोच्चको निर्णय

काठमाडौं- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को पुनरवलोकन निवेदनमा सर्वोच्च अदालतले अनुमति नदिने फैसला गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, न्यायाधीशहरू तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले प्रचण्डले मंगलबार दर्ता गरेको फैसला पुनरवलोकनको निवेदनलाई अनुमति नदिने फैसला गरेको हो ।

गत फागुन २३ गते सर्वोच्चले ऋषिराम कट्टेलको पक्षमा फैसला गर्दै नेकपा नाम उनकै भएको ठहर गरेको थियो । साथै सर्वोच्चले त्यही फैसलामा माओवादी केन्द्र र एमालेबीचको एकता पनि बदर गरिदिएको थियो ।

सोही फैसलाविरुद्ध प्रचण्ड पुनरवलोकनका लागि १७ गते सर्वोच्च गएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *