राजनीति

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने

काठमाडाैं । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन औपचारिक रूपमा फिर्ता लिनेबारे अझै अनिर्णित बनेको छ ।

बिहीबार पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको स्थायी कमिटीको अनौपचारिक बैठकमा सरकारलाई दिएको समर्थन औपचारिक रुपमा फिर्ता लिनेबारे छलफल भएपनि निर्णय भने नभएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

उनले सर्वोच्च अदालतको फैसलासँगै एमाले र माओवादी ब्युँझिएपछि दुई पार्टी भइसकेको अवस्थामा ओली नेतृत्वको सरकारलाई आफूहरूको समर्थन नरहेको बताए ।

यद्यपि केही प्राविधिक विषय बाँकी रहेकाले पत्रै पठाएर समर्थन फिर्ताको निर्णयमात्रै नगरेको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *