राजनीति

परिवर्तनको प्रक्रिया उल्ट्याउन खोजियो: अध्यक्ष दाहाल


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनताको सात दशकदेखिको सङ्घर्षबाट प्राप्त उपलब्धि उल्ट्याउन खोजिएको बताएका छन् ।

पछिल्ला दिनमा केही मानिसले देखाएको व्यवहार चरम निरङ्कुश भएको टिप्पणी गर्दै उनले परिवर्तनले स्थापित गरेका मूल्य तथा मान्यता उल्ट्याउन भइरहेको प्रयास जनताले परास्त गर्ने उल्लेख गरे ।

प्राध्यापक माणिकलाल श्रेष्ठको श्रद्धाञ्जलीसभालाई आज यहाँ सम्बोधन गर्दै अध्यक्ष दाहालले भने, ‘नेपाली जनताको सात दशक लामो सङ्घर्षबाट प्राप्त उपलब्धिलाई उल्टाउन खोजिँदैछ ।’

उनले लोकतन्त्रका मूल्य मान्यता र आन्दोलनका उपलब्धि, शहीदले बगाएको रगतलाई अपमान गर्ने र समाजलाई नकारात्मक दिशातिर लैजाने प्रयास भएको बताए ।

अध्यक्ष दाहालले गत पुस ५ गते संसद् विघटन गरेर त्यसको सङ्केत दिएको भन्दै आन्दोलनको बलमा संसद् पुनःस्थापना भए पनि खतरा अझै टरिनसकेको स्पष्ट पारे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *