पालिका खबर

दाङमा यात्रुवाहक बस दुर्घटना, दुईजनाको निधन

काठमाडौं । दाङमा यात्रुवाहक बस दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।

दाङको तुलसीपुरदेखि भालुवाङतर्फ जाँदै गरेको लु. १ ख ९८६३ नं को बस लमही-घोराही सडक खण्डको मुसोटनजिकै शुक्रबार साँझ दुर्घटना हुँदा दुई जनाको ज्यान गएको प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए ।

सो दुर्घटनामा दुई दर्जनबढी यात्रु घाइते भएकामा ६ गम्भीर घाइते रहेको रिजालले बताए ।

घाइतेहरुको लमहीकै विभिन्‍न अस्पतालहरुमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

रिजालका अनुसार मृतकको सनाखत हुन सकेको छैन । दुर्घटनाको थप विवरण आउँन बाँकी रहेको प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *