राजनीति

नेपाल­-खनाल समूहले सङ्गठन सुदृढीकरण अभियान चलाउने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमालेको नेपाल­खनाल समूहको अबको दुई महिना संगठन निर्माण र पार्टी सुदृढीकरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

काठमाडौंमा आज बसेको उक्त समूहको स्थायी कमिटी बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीले माथिल्लो तहमा एक खालको कारबाही र तल तहमा अर्को खालको कारबाही गर्ने काम गरेकाले उक्त अभियानका क्रममा त्यसको विरोध गर्ने र वडातहसम्मै जनवर्गीय संगठन तथा पार्टीको संगठन निर्माण गर्ने निर्णय गरेको स्थायी कमिटी सदस्य रघुजी पन्तले जानकारी दिए ।

‘जिल्ला अधिवेशनबाट निर्वाचित कमिटीलाई वास्ता नगरी भटाभट जिल्ला कमिटी बनाएको छ, यो त कमिटीमाथि कारबाही गरिएको भयो’, पन्तले भने, ‘माथि एक प्रकारको कारबाही र तल अर्को खालको कारबाही गरिएको छ ।’

उनले थपे, ‘पार्टी नफुटेको बेलाको वैध कमिटीलाई कारबाही गरेमा विरोध गर्ने र जनसंगठन र पार्टीको पनि वडातहसम्मै संगठन बनाउने भन्ने भएको छ ।’

बैठकले केही दिन अघि भएको राष्ट्रिय भेलाको प्रतिवेदन र त्यसमाथि आएको सुझावलाई समेटेर पुस्तक प्रकाशन गर्दै त्यसलाई तल्लो तहसम्म पुर्याउने निर्णय पनि गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *