Uncategorized

चैत्र २५ चैत्र ३० सम्म केबुलकार सेवा बन्द

नेपालकै पहिलो केबुलकार मनकामना केबुलकार सेवा आगामी चैत्र २५ गतेदेखि चैत्र ३० गतेसम्म बन्द हुने भएको छ ।

केबुलकारको स्तरोन्नतीको कार्य चैत्र २५ गतेदेखि चैत्र ३० गतेसम्म गरिने भएकाले केबुलकार सेवा बन्द गरिने। अवधिभर केबुलकारको बटम स्टेसनमा रहेको रेष्टुरेन्ट भने यथावत रुपमा सञ्चालन हुने कम्पनीले जानेको छ ।

मनकामना केबलकार नेपालमा वि.सं २०५५ मंसिर ८ गतेदेखि सञ्चालनमा रहेको पहिलो केबलकार हो । नेपालमा यसभन्दा अघि विभिन्न स्थानमा रज्जुमार्गहरू सञ्चालनमा रहेका भएपनि हाल सञ्चालनमा छैनन् ।

प्रत्येक वर्ष हजारौं भक्तजनहरू चितवन जिल्लाको कुरिनटारको चेरेसबाट यो केबलकार हुँदै गोरखा जिल्लाको मनकामना मन्दिर पुग्ने गर्दछन् । मनकामना दर्शन प्रा. लि.द्वारा सञ्चालित ३.०२ किलोमिटर लामो यो केबलकार अष्ट्रेलियाको डोपल मायर कम्पनीको प्रत्यक्ष निगरानीमा निर्माण गरिएको थियो ।

कुल २० वटा टावर प्रयोग गरिएको यो केबलकारको तल्लो स्टेशन उचाइ २५८ मिटर रहेको छ भने माथिल्लो स्टेशनको उचाइ १,३०२ मिटर रहेको छ । १० मिनेटमा माथिल्लो स्टेशनसम्म पुग्ने यो केबलकारको गति क्षमता ०.६ मिटर प्रति सेकेन्ड रहेको छ । ६ व्यक्ति प्रति डब्बा यात्रु क्षमता भएको यो केबलकारले प्रति घण्टा ६०० यात्रु ओसारपसार गर्न सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *