अन्य

नेपाल पत्रकार महासङ्घ काठमाडौँमा सुवेदी

काठमाडौँ, २७ चैत । नेपाल पत्रकार महासङ्घ काठमाडौँको अध्यक्षमा सूर्य सुवेदी विजयी हुनुभएको छ ।

महासङ्घ काठमाडौँको बिहिबार राती सम्पन्न मतपरिणामअनुसार सुवेदीले ७१३ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटम प्रतिद्धन्द्धी मोहन पन्तले ३३७ मत प्राप्त गर्नुभएको छ ।

यस्तै, उपाध्यक्षमा रामचन्द्र दुलाल ९भाञ्जा०, महिला उपाध्यक्षमा अप्सरा गौतम, सचिवमा महेश्वर गौतम, सहसचिवमा अर्जुन डोटेल, कोषाध्यक्षमा अजित अधिकारी विजयी हुनुभएको छ ।

यसैगरी खुला सदस्यमा कमलराज राई, कृष्णप्रसाद ढुँगेल, कृष्णराज गौतम, बुद्ध योञ्जन लामा, रमेशकुमार बोहरा, रमेश लामिछाने, रीना श्रेष्ठ र शैलेश डङ्गोल विजयी हुनुभएको छ ।

मधेशी सदस्यमा मिनाकुमारी यादव, दलित सदस्यमा शोभा नेपाली, समावेशी सदस्यमा दिपक काफ्ले र महिला सदस्यमा शोभा अर्याल विजय हुनुभएको हो । देशभरको सबैभन्दा धेरै मतदाता रहेको काठमाडौँ शाखाका बुधबार सम्पन्न निर्वाचनमा एक हजार २३४ मत खसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *