विकास खबर स्पेशल

थपियो एक ट्राफिक बत्ती


काठमाडौँ, २७ चैत ः काठमाडौँको नागस्थान चोकमा
ट्राफिक बत्ती जडान गरिएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले राष्ट्रिय वाणिज्य बैँकको
समन्वयनमा नागस्थानमा नयाँ ट्राफिक बत्ती जडान गरेको हो ।

जडान गरिएको बत्तीको आज महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक
जनक भट्टराई र राष्ट्रिय वाणिज्य वैँकका प्रमुख कार्यकारी अधिकृत (
सिईओ) किरणकुमार श्रेष्ठले स्वीच अन गरेर संयुक्त रूपमा उद्घाटन
गर्नुभयो ।

कार्यक्रममा महाशाखा प्रमुख भट्टराईले सडक बत्ती जडानसँगै सडक
अनुशासन कायम हुनुका साथै दुर्घटनामा कमी आउने बताउनुभयो ।
ट्राफिक व्यवस्थापनमा प्रविधिको प्रयोग गरि आवागमनमा सहजता ल्याउन
चोक चोकमा ट्राफिक बत्ती जडान कार्यलाई तीव्रता दिएको उहाँको
भनाई थियो ।

बैँकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बैँकले आफ्नो
सामाजिक उत्तरदायित्व बहन गर्दै विभिन्न क्षेत्रमा सहयोग गर्दै आइरहेको
र आज ट्राफिक बत्ती सञ्चालनमा सहयोग गरेको बताउनुभयो ।

काठमाडौँ उपत्यकामा भइरहेको सवारी चाप, सडक दुर्घटना तथा अन्य
ट्राफिक समस्या समाधानको लागि प्रविधिको विकास र प्रयोगलाई
प्राथमिकता दिनुपर्ने उहाँको भनाई थियो ।

काठमाडौँ महानगरपालिका–२२ का वडा अध्यक्ष चिनकाजी
महर्जनले महाशाखाले ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनिकरणमा
खेलेको महत्वपुर्ण भूमिका प्रशंशायोग्य रहेको बताउनुभयो । आज
जडान गरिएको ट्राफिक बत्तीसँगै उपत्यकाका ३२ चोकमा ट्राफिक
बत्तीमार्फत सवारी व्यवस्थापन हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *