जीवन यात्रा

जिवनयात्राः एकविपन्न परिवार देखि राष्ट्रसेवक कर्मचारी सम्म


जन्म र मृत्यु एकै सिक्काका दुइ पाटा हुन । जन्मपछि मृत्यु अवश्म्भावी छ । जस्लाई न कसैले टारेर टार्न सकिन्छ न कसैले रोक्न सक्छ । जन्म र मृत्युबीचको यहि दुरीलाई सफल र सुखद बनाउन हर मानिस प्रयत्नशील छ ।


अनेक आरोह अवरोहमा विचलित नभइ कर्मलाई पुजा मानेर लक्ष्यमा केन्द्रित हुने ब्यक्ती नै सफलताको चुलीमा पुग्न सक्षम हुन्छ । जिवन यात्राका अनेकन कठिनाई र घुम्ती पार गर्दै आफुले साँधेको मुकाममा पुग्नेमध्येका एक हुन गणेशराज वस्ती ।

हाल नेपाल सरकारको सहसचिव स्तरमा कार्यरत वस्ती यो स्थानसम्म आइपुग्न अनेक संघर्ष र जिवन यात्रामा आइपर्ने अवरोधका पहाडहरुलाई पल्टाउनु परेको छ ।


२०२४ साल मंसिरमा गोरखाको विकट सिराङचोकस्थित एउटा विपन्न परिवारमा जन्मेका वस्तीको शिक्षाको आरम्भ घरबाट झण्डै पौने घन्टा टाढा रहेको प्रावी स्कुलबाट भयो ।
त्यसभन्दा पहिले गुरुकुल मार्फत पढाइ हुने भएपनि वस्तीले अक्षर सिक्ने बेलामा ग्रामिण क्षेत्रमा पनि शिक्षाको चेतना क्रमश फैलिदै थियो ।

छोरीलाई पढाउन हुन्न भन्ने मान्यताले जरो गाढेका कारण त्यो बेलाका अधिकाँश छोरीहरु पढाइबाट वन्चित थिए ।
तर निर्वाहमुखी परिवार भएर पनि छोरालाई पढाउनुपर्छ भन्ने बावु आमा तथा दाजुहरुको मान्यताले उनको शिक्षाको जग सानैबाट बलियो भन्दै गयो ।

कक्षा छ मा पुग्दा शिक्षा सबैभन्दा महत्वपूर्ण विषय हो भन्ने बुझेका उनी आफुले गर्न सक्ने मेहनतमा कहिल्यै पछि हटेनन । ऋण लागेपनि शिक्षामा कमजोर हुनुहुन्न भन्ने उनको बुझाइ प्रबल बन्दै गयो । देश काल परिस्थितिसँगै बढदै जाने चेतनाले उनको जिवनको लक्ष्य र बाटो पनि अरु फराकिलो बन्दै गयो ।


प्रत्येक मानिस सफल बन्न चाहान्छ तर सबै त्यो मुकाममा पुग्न सकेका हुदैनन । अपनाइरहेको बाटो गलत हुदा गनतब्यमा पुग्न सकिदैन । अल्पकालिन मध्यकालिन र दीर्घकालिन लक्ष्य निर्धारण गरेर दृढ संकल्पित हुनेका लागि सफलता सजिलै प्राप्त गर्न सकिने वस्तीको अनुभव छ ।
जननी जन्मभूमिश्च स्वर्गादपी गरियसी अर्थात आमा र जन्मभूमी स्वर्ग समान हुन्छन । १४ बर्षमा गोरखा छोडेर नवलपरासीको प्रगती नगरमा बसाइ सरेका वस्तीलाई आफुले पहिलो पटक टेकेको माटोप्रतिको मोह कति हुन्छ भन्ने कुरा अहिले बोध भएको छ ।
तर राष्ट्रसेवक कर्मचारीको हैसियतले देशका सबै ठाँउको विकास र परिवर्तनका लागि आफ्नो भूमिका हुनुपर्छ भन्ने कुरामा पनि उनी सचेत छन ।

विकास र परिवर्तनका लागि सबैभन्दा महत्वपूर्ण विषय शिक्षा हो । भने नैतिक आचरण र इमान्दारिता अर्को पक्ष हो । उनीभित्रको चेत यहि बोल्छ परिवर्तनको जग मानिने शिक्षा ब्यवहारिक र बैज्ञानिक हुन जरुरी छ ।

अब्यवस्थाले सामाजिक विचलनको अवस्था निम्त्याउन सक्छ त्यसैले ब्यक्ती होस वा देशको सकारात्मक परिवर्तनका लागि निर्दिष्ट लक्ष्यमा अविछिन्न यात्रा जरुरी छ ।

इच्छा शक्ती र योजना अनुसारको काम सफलताको मुख्य खुडकिलो हो । वस्तीको जिवनयात्राबाट यहि सिक्न सकिन्छ । प्रतिकुलतालाई अनुकुलतामा रुपान्तरण गर्न एकप्रकारको तपस्या नै चाहिन्छ । अर्जुनदृष्टी जस्तै अठोटले यहाँ आइपुगेका उनी इमान्दार राष्ट्रसेवकको रुपमा आर्जन गरेको नैतिक वैभवलाई जिवनको सबैभन्दा ठुलो उपलब्धी मान्छन ।

फुलमात्रै जिवनको सार र लय होइन । काडाले त्यसको सौन्दर्य अरु थपेको हुन्छ । ऋतुचक्रका हरेक यामको आफ्नै महत्व र महिमा छ । त्यसैगरि जिवनमा आइपर्ने सजिला अफठ्यारा जिन्दगीको सौरभ हो ।


अनुकुलता मात्रैको खोजीले प्रतिकुलतासँग संघर्ष गर्न प्रेरणा दिने सामर्थ्य गुमाउछ । गणेशको जिवनकथाले पनि यसै भन्छ । निरन्तर मेहनत गर्दै जाउ त्यस्ले अवस्य एकदिन टाकुरामा पुर्याउछ नै । यहि नै जिन्दगीको सार हो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *