मनोरञ्जन

चलचित्र ‘श्री’ को प्रदशन आज


२७ चैत्र, काठमाडौं । नेपाली फिल्म इतिहासमै सबैभन्दा कम समय अर्थात् जम्मा ७२ घण्टामा छायांकन सकिएको फिल्म ‘श्री’ आजबाट प्रदर्शनमा हुँदैछ ।

लकडाउनको समयमा निर्देशक एभरेष्ट सूर्य बोहराले आफ्नै निर्माण र निर्देशनमा फिल्म तयार पारेका हुन् ।

फिल्ममा सन्दिप क्षेत्री, वर्षा शिवाकोटी, बुद्धि तामाङ, राजाराम पौडेल, बसुन्धरा भुसाल, रवीन्द्र झा, भोला सापकोटा, कमलजंग बोहरा ९काजी०, मोहनकृष्ण श्रेष्ठ, सबिता गुरुङ, नवीन श्रेष्ठ, श्यामसुन्दर पुडासैनी र बालकलाकार न्यासिका कार्कीले अभिनय गरेका छन्

एभरेष्ट सूर्य बोहरा फिल्मस्को ब्यानर, महारानी इन्टरटेन्मेन्ट युके र ओएसआर डिजिटलको सहकार्यमा निर्माण भएको फिल्मको सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड अपनाइ छायांकन गरिएको थियो ।

सोसियल सस्पेन्स कथामा निर्माण गरिएको फिल्मको निर्माता श्री पराजुली र सविता गुरुङ तथा सहनिर्मातामा यम बराल, सूर्य सिम्खडा ९साइराम०, बाल शर्मा ९टाइगर० र सिन्धु पौडेल गौतम छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *