राजनीति स्वास्थ्य

कोरोना भाइरसबाट विश्वमा १० लाखभन्दा बढीको मृत्यु

पेरिस- विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या १० नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोभिड–१९ बाट संक्रमित हुनेको संख्या विश्वभर तीन करोड ३३ लाख ११ हजार पुगेका छ।

कूल संक्रमितमध्ये दुई करोड ४६ लाख ३९ हजार निको भएका छन् भने करिब ७६ लाख ७० हजार मानिस सक्रिय संक्रमित छन्। विश्वभर अझै पनि ६५ हजार मानिसको स्वास्थ्य अवस्था निकै जटिल रहेको छ।

पेशा व्यवसाय खोल्ने वा नखोल्ने भन्ने विषयमा दोधारमा रहेको संयुक्तराज्य अमेरिकामा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ भने यहाँ संक्रमितको संख्या पनि ७३ लाख २१ हजार नाघिसकेको छ। कोरोना संक्रमणबाट अमेरिकामा हालसम्म दुई लाख ९ हजार भन्दा बढीको मृत्यु भएको छ।

विश्वकै दोस्रो ठूलो जनसंख्या रहेको भारतमा ६० लाख ७४ हजार ७०२ सङ्क्रमित भएका छन् भने यहाँ ९५ हजार ५७४ ज्यान गइसकेको छ। त्यस्तै ब्राजिलमा करिब ४७ लाख ३२ भन्दा बढी व्यक्ति सङ्क्रमित भएकामा एक लाख ४१ हजार ७७६ भन्दा बढीको मृत्यु भएको छ।

खोप विकास गरिसकेको घोषणा गरेको रसियामा पनि २० हजार ३०० भन्दा बढीको मृत्यु भएको छ भने दैनिक संक्रमितको संख्या पनि बढ्दो छ।

युरोपेली मुलुकहरु खासगरी बेलायत, फ्रान्स, स्पेन र इटालीमा कोरोनाभाइरस संक्रमणको दोस्रो लहर सुरु भएको आँकलन गर्दै सार्वजनिक जनजीवनमा धेरै किसिमका प्रतिबन्धहरुको घोषणा गर्न थालिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *