जीवन यात्रा

जीवनयात्रा ः महिला तथा बालबालिका बेचबिखनविरुद्ध लागिरहेकी एक अभियन्ता बेनुमाया

जीवन चर्खा जस्तै हो । कहिले तल कहिले माथी । सुख दुख संघर्ष यसका अभिन्न पक्ष हुन । अनेक रंगहरुको सगोल इन्द्रेणी जस्तै हो जिवन पनि । उतार चढाव आरोह अवरोहको सिलसिला जिवन यात्राको कथा हो ।


लमजुङको निकै दुर्गम सिंघारी जहाँ आजपनि नियमित यातायातको पहुच पुगेको छैन । त्यही ठाउमा लाहुरे परिवारमा जन्मिएर अनेक उकाली ओराली पार गर्दै डेढ दशकदेखी महिला तथा बालबालिका बेचबिखनविरुद्ध लागिरहेकी एक अभियन्ता हुन बेनुमाया गुरुङ ।


३ दीदिबहिनि ३ भाइ अनि बाबु आमा गरि आठ जनाको परिबार । विद्यालयको पहुच नभएपनि बाबु भारतीय सेनामा आबद्द भएकोले प्रारम्भिक देखि स्नातकसम्म उनको अध्ययन भारतमै भयो भने स्नातकोत्तर तह अध्ययनका लागि उनी नेपाल फर्किइन ।

६ जना छोराछोरी भएपनि पठन पाठनका लागि सबैलाई उत्तीकै अवसर प्राप्त थियो । समाजमा प्रतिष्ठित बन्नका लागि पढनुको विकल्प छैन भन्ने बाबु आमाकै प्रेरणाले जिवनको राजमार्ग चौडा बन्दै गयो ।

समाजमा विद्यमान लैगिक विभेद, यसका कारणहरु तथा यसले पार्ने प्रभावबारे उनी विद्यालय अध्ययनदेखि नै चिन्तनशिल हुन्थिन । आफैले भोग्न नपरेपनि भारतमै रहदा साथीहरुले सुनाउने यौन दुर्ब्यहारका घटनाले यस बिरुद्ध लडने आट थपिदै जान्थ्यो ।

कलेज अध्ययन गर्ने साथीले समेत सार्वजनिक यातायातमा हुने दुर्यब्यबहारको प्रतिकार गर्न सेप्टीपिन बोकेर हिडनु पर्ने अवस्था नेपालमा पनि उस्तै थियो । यस्ता घटनाले उनलाई अधिकारकै क्षेत्रमा वकालत गर्न प्रेरित गरिरह्यो ।

झण्डै दशक लामो शिक्षण पेशा त्यागेर समाजमा हुने लैंगिक विभेद विरुद्ध लाग्ने अठोटका साथ सन २००४ मा महिला तथा बालबालिका बेचबिखनविरुद्धको राष्ट्रिय सन्जाल एटविनमा आवद्द उनी हाल कार्यकारी निर्देशकको भूमिकामा छिन ।

विभेदमा परेकाहरुको अधिकारका लागि वकालत उनको पेशा मात्र होइन जिवनपद्तीसँग जोडिएको बिषय बनेको छ । त्यसैले यसै क्षेत्रमा नीतिगत तहमा नै योगदान पुर्याउने उनको लक्ष्य छ ।

जीवन संघर्षकै एउटा पाटो हो । संघर्ष नगर्नेलाई सफलता नपाएको गुनासो गर्ने अधिकारसम्म छैन । उनको बुझाइमा लगनशिलता निरन्तरता र सकारात्मक दृष्टीकोण नै सफलताका ब्रम्हसुत्र हुन ।

जतिसुकै विकास परिवर्तनका कुरा गरेपनि लैंगिक विभेदले समाज अझैपनि विभक्त छ । कानुनी रुपमा समेत अझैपनि समानता नरहेको उनको बुझाइ छ । परिवार समाज अनि राष्ट्रको विकासका लागि महिला पुरुष सहअस्तित्वमा विश्वास गर्न जरुरी छ ।


लमजुङको विकट क्षेत्रमा जन्मिएर अनेक आरोह अबरोह पार गर्दै नीतिगत तहमा समेत भूमिका खेल्ने हैसियतमा पुगेकी बेनुमायाको जिवनकथाबाट जिवनप्रतिको विश्वास अझ उज्यालो भएर आउछ । आफुलाई कुन लयमा ढाल्ने आफ्नै वशको कुरा हो तर त्यस्तो निर्णय समयमै हुनुपर्छ अन्यथा जिवन गोरेटो पनि गन्तब्य निश्चित नभएको दोबाटो जस्तै हुन्छ । बेनुमायाको प्रेरणादायी जिवनकथाबाट हामी पनि यहि सिक्न सक्छौ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *