Featured Post अन्य

गैंडा गणना सकियो : देशभर ६ वर्षमा १०७ गैंडा थपिए


चितवन,२८ चैत्र । ६ वर्षमा १०७ वटा गैंडा थपिएको पाइएको छ । राष्ट्रिय गैंडा गणना २०७७ अनुसार चारवटा राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा हाल ७५२ वटा गैंडा छ । यसमध्ये १३६ वटा बच्चा छन् भने ९६ अर्ध वयस्क र ५२० वटा वयस्क गैंडा छन् ।

सन् २०१५ मा भएको गणनामा नेपालमा ६४५ गैंडा थिए ।

सबैभन्दा धेरै गैंडा चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र र आसपासका वन क्षेत्रमा छन् । त्यहाँ मात्र ६९४ वटा गैंडा रहेको राष्ट्रिय गणनाका क्रममा पाइएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र र आसपासका वन क्षेत्रमा ३८ वटा गैंडा रहेको पाइएको छ । यस्तै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १७ र पर्सा राष्ट्रिय निकुञ्जमा ३ वटा गैंडा छन् ।

वन तथा वातावरण मन्त्रालयका सचिव विश्वनाथ ओलीका अनुसार चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो ६ वर्षमा ८९ गैंडा थपिएका छन् भने शुक्लाफाँटामा १० र बर्दियामा ९ वटा थपिएका छन् । पर्सामा भने गैंडा थपिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *