शिक्षा

विद्यालय बन्दगर्ने तयारी: शिक्षामन्त्रालयले बोलायो सरोकारवालाहरुलाई


काठमाण्डौ,२९चैत्र । कोभिड संकट व्यवस्थापन केन्द्रले कोरोना महामारी बढेको भन्दै विद्यालय अनलाइन सञ्चालन गर्न सुझाव दिएपछि शिक्षा मन्त्रालयले सरोकारवालालाई छलफलमा बोलाएको छ ।

शिक्षा मन्त्रालयमा सोमबार बिहान सबै सरोकारवाला निकायलाई बोलाइएको प्रवक्ता दीपक शर्माले जानकारी दिए ।

निजी स्कुल सञ्चालकले अहिले विद्यालय बन्द गर्न नसकिने प्रष्ट पारेपछि शिक्षा मन्त्रालयले छलफलका लागि बोलाएको हो ।

बिहानको छलफलमा महानगरपालिकाका प्रतिनिधि, अभिभावक संघ, प्याब्सन, ऐन प्याब्सनलगायतलाई छलफलमा बोलाइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *