Featured Slider Top News स्वास्थ्य

कोरोनाबाटआज १३ जनाको मृत्यु,५०० बढीमा कोरोना संक्रमण


काठमाण्डौ, ३० चैत्र। नेपालमा थप ५५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५ हजार १ सय ५ पीसीआर परीक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमण पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

योसँगै हालसम्म मुलुकभर २ लाख ८० हजार ५ सय २४ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै २ लाख ७४ हजार १ सय ६५ संक्रमित उपचारपछि निको भएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३८ संक्रमित निको भएका छन् ।

सोमबार कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ रहेको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ३९ जना पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *