Featured Slider Top News जीवन यात्रा

जीवनयात्राः युवाअधिकार कर्मी निर्मल

जीवनयात्राः युवाअधिकारकर्मी निर्मल
निर्मल उप्रेती । उमेरले साढे तीन दशक भर्खर पार गर्दै गरेको युवा ब्यक्तित्व । जससँग सकारात्मक सोच उर्जा र अदम्य आँट छ । त्यसैको प्रतिफल हो छोटो समयमा उचो सफलता । वाराको नीजगढ स्थायी घर भएपनि बाबु सरकारी जागिरे भएकोले जहाँ जहाँ सरुवा हुन्थ्यो निर्मलको पढाइ पनि त्यही त्यही सरुवा हुन्थ्यो ।

विद्यालय परिवर्तन भैरहदा पनि उनको अध्ययन कमजोर भएन । बरु झन झन तेज हूदै गयो । अध्ययनमा कुनै संझौता नगर्ने र लक्ष्यमा दृढ निर्मल कानुन तर्फ अपराधशास्त्रमा स्नातकोत्तर हुन भने अंग्रेजीमा पनि उनको एम ए पुरा भएको छ ।

युवा पुस्ता विदेश मोहले ग्रसित भैरहदा निर्मललाई स्वदेशमै केहि गर्नुपर्छ भन्ने संकल्पले समुद्र तर्न दिएन । त्यसो त यति सानो उमेरमा पनि दर्जन हाराहारी देश भ्रमण गरेका उनी सफल अधिवक्ताका रुपमा युवा पुस्ताका रोल मोडल पनि हुन ।

देशमा केहि हुदैन भन्नेहरुका लागि उनको प्रश्न छ यदि सबै युवाले त्यसै भनेर विदेश नै ताक्ने हो भने देश कस्ले बनाउने जिम्मेवार युवा पुस्ताले देशले के दियो भन्दा पनि देशलाई के दिन सके भन्ने प्रश्नको जवाफ दिनुपर्ने उनको बुझाई छ ।

भोगाइका अनेक अनुभूति र आयामको समिश्रण नै जीवन हो । संघर्ष र खुशी जिन्दगीको सौन्दर्य हो । जति सुकै सफलता हातपारे पनि खुशी हुन सकिएन भने जिन्दगी अर्थपूर्ण नहुने उनको वूझाइ छ ।

जिन्दगीलाई ब्याख्या गर्ने सबैका परिभाषा फरक हुन सक्छन । सफलता मापन गर्ने आधार फरक हुन सक्छन । तर आफुले चाहेको क्षेत्रमा आफ्नो खुशी प्राप्त गर्न सक्नु नै निर्मलको बुझाइमा सफलता हो ।

सामाजिक तथा न्याय क्षेत्रमा सक्रिय उनी सामान्य स्तरका मानिसको पहुचमा न्याय पुग्नुपर्छ भन्ने मान्यता राख्ने न्यायिक अभियन्ता पनि हुन । न्याय महंगो भयो भने आम नागरिकको भरोसा कमजोर हुन्छ त्यसैले न्यायिक क्षेत्रमा सक्दो योगदान पुर्याउने उनको लक्ष्य छ ।

निरन्तरको मेहनत र निर्दिष्ट लक्ष्यमा केन्द्रित हुने गुणका कारण सानो उमेरमै राम्रो सफलता प्राप्त गरेका युवापुस्ताका रोल मोडल निर्मलको जिवन भोगाइ र बुझाइ अनुकरणीय छ र उदाहरणीय छ । यहि सोच युवा पुस्तामा विस्तार हुदै जाने र आफ्नै माटोमा पसिना बगाउने प्रेरणा मिल्ने हो भने देशको युवा यो वा त्यो ढंगबाट विदेशिनुपर्ने वाध्यतापनि हुने थिएन । अवरोधबाट विचलित नभइ निरन्तर लाग्ने हो भने स्वदेशमै पनि प्रसस्तै संभावना छ र पहिचान गर्नु उसको क्षमताको कुरा हो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *