Featured Slider अन्य

माडवारी सेवा समितिको स्थायी विशेष आमन्त्रित सदस्यमा दिपक

काठमाडौँ, ३१ चैत । माडवारी सेवा समिति नेपालले समाजसेवी दिपक वंशललाई स्थायी विशेष आमन्त्रित सदस्यमा मनोनित गरेको छ ।

माडवारी सेवा समितिको आइतबार बसेको कार्यसमिति बैठकले समाजसेवी वंशललाई स्थायी विशेष आमन्त्रित सदस्यमा मनोनित गरेको हो । वंशलको सहभागितामा माडवारी सेवा समिति नेपालले गर्ने क्रियाकलाप तथा सेवा कार्यमा उल्लेखनीय योगदान पुग्ने समितिले जनाएको छ ।

लायन्स क्लब अफ काठमाडौँ समर्पणको पेसिडेन्टसमेत रहनुभएका वंशलले कोरोनाको समयमा अक्सिजन बैँक स्थापना गरी समाजसेवाको क्षेत्रमा उल्लेख्य काम गर्नुभएको थियो । समाजसेवी बंशल शंकर गु्रपका एक्जिुक्यूटिभ फाइनान्स डाइरेक्टर समेत हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *