Featured Slider Top News स्वास्थ्य

नयाँबर्ष २०७८ प्याकेजः ग्राण्डी अस्पतालमा रु २०७८ मै स्वास्थ्य परिक्षण


काठमाडौँ, ३१ चैत । निजी क्षेत्रको अग्रणी स्वास्थ्य संस्था ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीले नयाँ वर्ष विशेष प्याकेज अगाडी सारेको छ ।

ग्राण्डीले विस २०७८ साललाई लक्षित गरेर रु २०७८ मै स्वास्थ्य परिक्षण गर्न सक्ने गरी विशेष प्याकेज अगाडि सारेको हो ।

अस्पताल पेसेन्ट केयर सर्भिसेजका सहायक महाप्रबन्धक अर्चना प्रधानले नयाँ वर्षलाई लक्षित गरेर ग्राण्डीले रु २०७८ मै स्वास्थ्य परिक्षण गर्न सकिने गरी विशेष प्याकेज अगाडि सारेको जानकारी दिनुभयो ।
ग्राण्डीले जनरल स्वास्थ्य परिक्षण, मधुमेह र हाडजोर्नी सम्बन्धि स्वास्थ्य परिक्षणका लागि उक्त सहुलियत प्रदान गरेको हो ।

जनरल स्वास्थ्य परिक्षणअन्तर्गत क्लड सुगर चेकजाँच, कोलेस्ट्ररोल, सिविसि, इएसआर, युरिन रुटिन, क्रियटिनाइन, एसजिओटी, एसजीपीटी, युरिक एसिड, इसिजी, अल्ट्रा साउण्ड, छातीको एक्सरे, डक्टर कन्सल्टेसनलगायत सेवाहरु पर्दछन् ।

मधुमेह स्वास्थ्य परिक्षणअन्तर्गत ब्लड सुगर ९खाली पेटमा र खानापछि०, क्रियटिनाइन, लिपिड प्रोफाइल, युरिक एसिड, युरिन रुटिन, इसिजी, आँखा परिक्षण, डाइटिसियन र डक्टर कन्सल्टटेसन पर्दछन् ।
यसैगरी, हाडजोर्नी प्याकेजअन्तर्गत वोन मिनेरल डेन्सिटोमेट्रि, क्ल्याल्सियम, युरिक एसिड तथा डक्टर कन्सल्टेसन पर्दछन् ।

यसअघि ग्राण्डीले जनरल स्वास्थ्य परिक्षणका लागि रु ४ हजार ५५, मधुमेह सम्बन्धि स्वास्थ्य परिक्षणका लागि रु ३ हजार ९५५ र हाडजोर्नी सम्बन्धि स्वास्थ्य परिक्षणका लागि ६ हजार ३४६ रुपैँया लिँदै आएको थियो ।

मधुमेह सम्बन्धि स्वास्थ्य प्याकेज लिएर ‘एचविए वान सी’ गर्न चाहने विरामीका लागि ५० प्रतिशत सहुलियत प्रदान गरिने अस्पतालले जनाएको छ । यस्तै, विरामीले हाडजोर्नीसम्बन्धि स्वास्थ्य प्याकेज लिएर भिटामीन ‘डि’ को परीक्षण गरेमा उपचारको ५० प्रतिशत सहुलियत पाउनेछन् ।

यसअघि ग्राण्डीले ‘एचविए वान सी’का लागि रु एक हजार ४०० र भीटामीन ‘डि’ को परिक्षणका लागि रु चार हजार ३९० रुपैँया लिँदै आएको थियो । यो प्याकेज ग्राण्डीले वैशाख महिनाभर उपलब्ध गराउने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *