Featured Slider Top News जीवन यात्रा

एक्सन एड नेपालको कार्यकारी निर्देशक सुजिता माथेमाको जीवनयात्रा


जीवन एउटा महाकाब्य जस्तै हो । जुन ग्रन्थको लेखक पनि आफै पात्र र प्रवृती पनि आफै । यस्का अध्याय कसरी अघि बढाउने स्वयं ब्यक्तीमै निर्भर रहने कुरा हो । नेपालमा दशकौदेखि काम गर्दै आएको अन्तराष्ट्रिय गैरसरकारी संस्था एक्सन एड नेपालकी कार्यकारी निर्देशक सुजिता माथेमाको जीवनप्रतिको बुझाइ र दर्शन यही हो । भोगाइका क्रममा आइपर्ने आरोह अवरोह यहि जिवन ग्रन्थका अध्याय हुन ।

काठमाण्डौको निम्न मध्यम वर्गीय नेवार परिवारमा जन्मिएकी माथेमा जीवन भोगाइका झण्डै पाँच दशकको नजिकमा छन । ज्यूनू र मर्नु प्रकृतिको रित हो तर जन्मेपछि समुदाय समाज वा देशका लागि केहि न केहि गर्नुपर्छ भन्ने हुटहुटी नै उसको सफलताको सुचक हो ।
शैक्षिक पृष्ठभूमिको परिवार भएकोले पढाइ लेखाइ तथा अध्ययनका लागि कुनै कठिनाइ भएन । वाल्यकाल औसत नै रहेपनि संयुक्त परिवारको माहोलले त्यो समय स्मरणीय नै रह्यो ।

बाबु क्याम्पस चिफ हुदै विभागीय सहायक डिन तथा आमा पनि प्राध्यापन पेशामै रहेकोले पढाइ प्रतिको लगाव सानैवाट गहिरो थियो । कितावी ज्ञान विस्तार हुदै गएपनि समाजको ऐना बुझ्न भने समय लाग्यो । बाबु बुटवलमा क्याम्पस चिफ हुदा उनको क्याम्पस तहको पढाइ पनि त्यही भयो । त्यही अध्ययनकै क्रममा बनभोज जाँदाको एउटा घटनाले सुजिताको जिवन गोरेटो बदलियो ।

समाजको अध्ययन बिना जुनसुकै ज्ञानपनि अधूरो र अपूरो हुन्छ । पढदै जाँदा यहि बुझेकी माथेमाले समाजशास्त्र र मानवशास्त्र अध्ययनकै क्रममा एक्सन एडवाट करियर शुरु गरिन । सामाजिक रुपान्तरणको क्षेत्रमा बर्षौदेखी नेपालमा काम गर्दै आएको एक्सन एडमा प्रवेश गर्नु उनको जिवनको टर्निङ प्वाइन्ट बन्यो । कामकै सिलसिलामा देशका कुना काप्चामा पुगेर समाजको यथार्थ तस्विर देखेकि उनी जिवनका हरेक अफ्ठेरा पहाड पल्टाउदै लक्ष्यमा अविचलित लागिरहिन ।

पारिवावरिक साथ र सहयोगकै कारण विवाहपछि पनि सामाजिक रुपान्तरणको क्षेत्रमा उनको गति अरु तेज बन्दै गयो । समाजका विद्रुप तस्विरहरुले उनीहरुकालागि अझै केहि गर्नुपर्छ भन्ने प्रेरणा थपिदै जान्थ्यो । त्यसैले जिवनको महत्वपूर्ण समय उनले यसैमा समर्पित गरेकी छन । जुन संस्थाबाट करियर शुरु भयो त्यहि संस्थाको कार्यकारी निर्देशकमा पुग्नु अनवरत यात्राको परिणाम हो ।

माथेमाको जिवनप्रतिको दर्शन स्पस्ट छ । जीवन संघर्षको गाथा लेखिने एउटा ग्रन्थ हो । आफै लेखक आफै पात्र बन्ने यो ग्रन्थ कति ओझिलो बनाउने आफ्नै हातमा छ । धैर्यता र निरन्तरताको प्रयासले सफलताका सिढीहरु थपिदै जान्छन । यहि विश्वासका साथ जिवनप्रतिको सतसंकल्पमा उनी दृढ छिन ।

कोहि कसैको सफलताका पछाडी परिवार र आफन्तको ठुलो भूमिका हुन्छ नै । माथेमाको यो उचाइको नेपथ्यमा टेको बनेको परिवार उनीप्रति सन्तुष्ट छ । उनको सफलताले पारिवारमा खुशीको इन्द्रेणी थपिएको छ ।

सुजिता माथेमाको लोभलाग्दो सफलताको कथा जो सुकैका लागि उदाहरणी बन्न सक्छ । समाजप्रतिको उनको बुझाइ र समर्पण अझ विस्तार र फैलावट हुदै जाओस हाम्रो पनि शुभेच्छा ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *