Top News जीवन यात्रा

नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य कृष्णचन्द्र नेपाली जीवन यात्रा


नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य कृष्णचन्द्र नेपाली प्रदेश नं. ४ नेपाली काँग्रेसको संसदीय दलका नेता हुनुहुन्छ। सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको २०७४ सालमा भएको ऐतिहासिक पहिलो प्रदेशसभा निर्वाचनमा उहाँ प्रदेश नं. ४ नवलपरासी पूर्व १ बाट निर्वाचित हुनुभएको थियो।

सांसद कृष्णचन्द्र नेपाली प्रजातन्त्रका सेनानी एवम् नेपाली काँग्रेसका केन्द्रीय सदस्य स्व। गोवर्द्धन शर्माका माहिला छोरा हुनुहुन्छ। नेपाली काँग्रेसको १२ औँ महाधिवेशनमा लुम्बिनी अञ्चलबाट उहाँ नेपाली काँग्रेसको केन्द्रीय समितिमा निर्वाचित हुनुभएको थियो। केन्द्रीय सदस्यमा निर्वाचित हुनुअघि उहाँ चार पटक ९२०४८ देखि २०६७ सम्म० नेपाली काँग्रेस नवलपरासीको सभापतिमा निर्वाचित हुनुभएको थियो र त्यसअघि जिल्ला कार्यसमितिको सदस्य हुनुहुन्थ्यो।

विगत चार दशकदेखि सक्रिय राजनीतिमा लाग्नुभएका नेपालीले प्रजातन्त्रको पुनर्स्थापना गर्ने आन्दोलनको क्रममा पटक पटक गरी तिन वर्षभन्दा बढी जेल जीवन बिताउनु भएको छ। २०२२ देखि २०२८ सालसम्म उहाँले पिता स्व। गोवर्द्धन शर्माका साथ भारतमा निर्वासित जीवन बिताउनु भयो। राजनीतिक जीवन सँगसँगै उहाँले लामो समय काभ्रे फलानटे, तनहुँ दमौली र तनहुँ थर्पुका हाइस्कुलहरूमा राजनीति शास्त्र, भुगोल, इतिहास पढाउनु भयो।

यही दौरानमा २०३६ सालको जनमत सङ्ग्रहमा बहुदलको प्रचारमा सक्रिय भई नेपाली काँग्रेसलाई विजयी गराएको आरोपमा मन्त्री परिषद्को निर्णयले उहाँलाई जुम्ला सरुवा गर्ने निर्यय गर्यो। यसका साथसाथै २०३६ साल ताका पञ्चायती दमन र शारीरिक यातनापछि बाध्य भएर उहाँले शैक्षिक क्षेत्र छोड्नु भयो र अधिवक्ताको रूपमा जनपक्षीय कानुनी सेवामा समर्पित हुनुभयो। उहाँको सिङ्गो प्रयासबाट धेरै प्रजातन्त्रवादी राजबन्दीहरू तनहुँ र नवलपरासीबाट छुटेका थिए। राजनीतिक कारणले आफैँ शारीरिक यातनाबाट गुज्रनुभएका नेपाली एमनेस्टी इन्टरनेसनल नवलपरासीको संस्थापक अध्यक्ष पनि हुनुहुन्थ्यो।

प्रमुख घटनाक्रमहरूः
२०२२ देखि २०२८ सम्मः पिता स्व। गोवर्द्धन शर्मासँग भारतमा निर्वासित जीवन
२०२९ देखि २०३६ सम्मःकाभ्रे फलानटे, तनहुँ दमौली र तनहुँ थर्पुका हाइस्कुलहरूमा अध्यापन
२०३५ःविद्यार्थी आन्दोलनमा सक्रिय नेतृत्व
२०३६ ःसालको जनमत सङ्ग्रहमा सक्रिय नेतृत्व ९तनहुँमा नेपाली काँग्रेस विजयी०
२०३७ःनिर्वाचन वहिष्कार ९जेल चलान०
२०४६ःप्रथम जनआन्दोलन ९जेल चलान०
२०४८ःसत्याग्रह (जेल चलान)
२०४८ःसालको निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट नवलपरासी ( ४ मा उम्मेदवार
२०४८ देखि २०६७ सम्मः सभापति, नेपाली काँग्रेस, नवलपरासी
२०६२र६३ः दोस्रो जनआन्दोलन ९जेल चलान०
२०६७ः नेपाली काँग्रेसको केन्द्रीय समितिमा निर्वाचित
२०७०ः सालको संविधानसभा निर्वाचनमा नवलपरासी क्षेत्र नं। ३ प्रत्यक्षतर्फका लागि नेपाली काँग्रेसका उम्मेदवार
२०७४ः सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको ऐतिहासिक पहिलो प्रदेशसभा निर्वाचनमा प्रदेश नं.४ नवलपरासी पूर्व १ बाट निर्वाचित
२०७५ः प्रदेश नं. ४ नेपाली काँग्रेसको संसदीय दलका नेतामा सर्वसम्मतले निर्वाचित

Leave a Reply

Your email address will not be published. Required fields are marked *