Top News राजनीति

गण्डकीमा प्रस्तावित मुख्यमन्त्री नेपाली को हुन् ?


काठमाडौँ, २ वैशाख। राष्ट्रिय जनमोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै गण्डकी प्रदेश सरकार अल्पमतमा परेको थियो । माओवादीले पनि औपचारिक रुपमा समर्थन फिर्ता लिएको छ । अविश्वास प्रस्ताव दर्ता हुने भएपछि १ वैशाख मध्यराति नै अधिवेशन अन्त्यको घोषणा गरिएको थियो ।

तर, बुधबार कांग्रेस, माओवादी र जनता समाजवादी पार्टी मिलेर अविश्वासको दर्ता गराएका छन् । संसद्मा यी तीन दलको हिस्सा ३० सिट हुन आउँछ । जसमा कांग्रेसका १५, माओवादीका ११ र जसपाका २ सांसदले हस्ताक्षर गरेका छन् । सरकार गठनका लागि ३० सिट भए बहुमत पुग्छ । तर, गुरुङविरुद्ध यी तीन दल एक ठाउँमा उभिए ३१ सिट पुग्छ ।

को हुन् भावी मुख्यमन्त्रीका उम्मेद्वार नेपाली ?

अविश्वासको प्रस्ताव दर्ता गराउँदा मुख्यमन्त्रीको भावी उम्मेदवारमा प्रदेशमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई प्रस्ताव गरिएको छ । थरले पोखरेल भए पनि उनी थरको सट्टा नेपाली लेख्ने गर्छन् ।

पृथ्वी सुब्बा गुरुङविरुद्ध माओवादी र जनमोर्चाले समर्थन फिर्ता लिएपछि अविश्वासको प्रस्ताव पनि दर्ता भइसकेको छ । एमालेबाहेकका कांग्रेस, माओवादी, जनमोर्चा र जसपा मिलेपछि गण्डकीमा सरकार फेरिने लगभग निश्चित भएको छ ।

नेपाली २००६ सालमा तनहुँ ९हालको व्यास नगरपालिका ११० पोखरेल फाँटमा जन्मिएका थिए । कांग्रेस तनहुँका संस्थापक नेता गोवद्र्धन पोखरेल तथा द्रौपदा पोखरेलका छोरा हुन् । प्रवासमा लामो समय बसेका उनका बाबुको सर्वस्वहरण भएको थियो । राजनीतिक परिवारमा जन्मिएका नेपाली भद्र, शिष्ट र मिलनसार नेताको रुपमा परिचित छन् ।

नेपाली प्रदेशसभामा नवलपरासी–१ को ‘क’बाट निर्वाचित भएका थिए । नेपालीले माओवादी केन्द्रका सूर्य न्यौपानेलाई पराजित गरेका थिए ।
नेपालीले १७ हजार ६८३ मत पाएका थिए । न्यौपानेले १७ हजार ३११ मत ल्याएका थिए । माओवादीका न्यौपाने ३७२ मतले पराजित भएका थिए । नेपाली लामो समय नवलपरासीका कांग्रेस जिल्ला सभापति पनि भए ।

४८ सालपछि निरन्तर झण्डै २० वर्ष पार्टी नवलपरासी कांग्रेसको जिल्ला सभापति भएका हुन् । २०४८ सालको निर्वाचनमा तत्कालीन नवलपरासी–४ बाट उम्मेदवार बनेका उनी पराजित भएका थिए । उनी त्यसपछि प्रतिनिधिसभा र संविधानसभामा उम्मेदवार बनेनन् ।

यसअघि एक कार्यकाल उनी कांग्रेसको केन्द्रीय सदस्य भएरसमेत काम गरेका छन् । १३ औं महाधिवेशनमा भने केन्द्रीय सदस्यमा नेपाली पराजित हुन पुगे ।

चार भाइमध्ये नेपाली माइलो हुन् । उनका दाई रामचन्द्र पोखरेल कांग्रेस केन्द्रीय कार्यालयमा मुख्य सचिव भएका थिए । रामचन्द्र पोखरेल संविधान सभा सदस्यसमेत हुन् । यस्तै साईँलो भाई डा जगदीशचन्द्र पोखरेल राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष हुन् भने कान्छो भाई सुवासचन्द्र पोखरेल अमेरिकामा बस्छन् ।

सभापति शेरबहादुर देउवा र महामन्त्री डा। शशांक कोइरालाको सहमतिमा नेपाली गण्डकी प्रदेशमा कांग्रेसका तर्फबाट संसदीय दलको नेता बनाइएका थिए ।

उहाँको वारेमा विस्तृत अध्ययन बिकास खबरको जीवन यात्रामा हेर्न सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *