Top News अन्य

भक्तपुरको गाईफार्ममा खुकुरी प्रहार गरी एकको हत्या


काठमाडौं,२ वैशाख। भक्तपुरको सूर्यविनायक नगरपालिका–८, सिपाडोलमा रहेको एक गाईफार्ममा खुकुरी प्रहारी गरी युवकको हत्या भएको छ । सोलुखुम्बु घर भइ मनोहराको सुकुम्बासी वस्तीमा बस्ने २० वर्षीय ईश्वर राईको हत्या भएको हो ।

भक्तपुर प्रहरीका डीएसपी दीपक गिरीका अनुसार हत्यामा संलग्न काठमाडौंको गोठाटार घर भइ सूर्यविनायक बस्ने २० वर्षीय आशिष खुलाल पक्राउ परेका छन् ।

बिहीबार ४ बजेतिर हत्या भएको सूचना आएलगत्तै जगातीबाट डीएसपी राजेश थापा नेतृत्वको टोली पुगेर उनलाई तत्कालै नियन्त्रणमा लिएको थियो’, गिरीले भने, ‘सोधपुछका क्रममा खुलालले सामान्य विवादमा खुकुरी प्रहार गरेको खुलेको छ ।’

विवादको विषयमा विस्तृतमा खुलिनसकेको उनले बताए । उनका अनुसार खुकुरी प्रहार हुँदा युनिस योञ्जन र सुनिल बल पनि सँगै थिए, तर राईलाई खुकुरी हानेलगत्तै झ्यालबाट भागेका थिए ।

थप अनुसन्धान जारी रहेको उनले बताए ।
अनलाइन खबरवाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *