Top News जीवन यात्रा

समता विद्यलयकोे सस्थापक उत्तम सन्जेलको जीवनयात्रा


भगवानले मानिसलाई तँ आट म पुर्याउछ् भन्छन रे । कहिले काँहि सुन्दा असामान्य र असंभव लाग्ने कुरा पनि ब्यवहारमा रुपान्तरण भएको देख्दा लाग्छ असम्भव केहि छैन । आट गर्नेहरुका लागि भगवानले साथ अवस्थ्य दिन्छन ।

महंगीले आम नागरिकको जिवनशैली निकै कष्टकर बनिरहेको छ । आर्थिक विपन्नताका कारण हजारौ विद्यार्थी शिक्षाको उज्यालोबाट बन्चित भैरहनुपरेको छ । यस्तो अवस्थामा कसैले कल्पना पनि गर्न सक्दैन कि मासिक एक सय रुपैयामा अंग्रेजी माध्यमबाट उच्च शिक्षा अध्ययन गर्न पाइन्छ र एक सय रुपैयामा उपचार सम्भव छ भन्ने कुरा ।

तर धेरैका लागि आश्चर्य र असम्भव लाग्ने यिनै सवालका जवाफ हुन – उत्तम सन्जेल ।
एकातरि सरकारी विद्यालयको शैक्षिक गुणस्तरबारे बर्षौदेखि प्रश्न उठीरहनु अर्कोतर्फ शुल्कमा मनोमानीले औसत नेपालीको पहुच नीजि विद्यालय सम्म पुग्न नसक्नु । यहि चेपको समुहलाई उठाउने र क्षमता भएका ब्यक्तीलाई संभावना खूला गरिदिने उद्देश्यले निरन्तर लागिरहेका एक अथक योद्दा हुन झण्डै ४५ बर्ष हाराहारीका सामाजिक अभियन्ता तथा उदाहरणीय पात्र उत्तम सन्जेल ।

काठमाण्डौको गोठाटारमा जन्मिएका सन्जेललाई कम्तिमा फरक केहि गर्नुपर्छ भन्ने सोचले विद्यालय तहबाट झक्झकाइरहन्थ्यो । विद्यालय तहदेखि उच्चशिक्षा तहसम्म यहि हुटहुटीले लखेटिरह्यो । शुरुमा चलचित्र क्षेत्रमा काम गर्ने उद्देश्यले झण्डै आठ बर्ष भारतको मुम्बइमा रहेका सन्जेल त्यसपछि नेपाल फर्केर अनेक प्रयत्न गर्दा गर्दै पनि सफल हुन सकेनन । आफ्नो जिवनका लागि एकल रुपमा गरिएका प्रयत्न सार्थक नभएपछि अर्काको भलाइका लागि शुरु भएको काम आज विश्वविख्यात बनेको छ ।

२०५६ सालको महाशिवरात्रीका दिन स्थापना भएको समता विद्यालयले २१ बर्ष पुरा गरहेको छ । यस बिचमा देशभरका ६५ हजार विद्यार्थीले समता स्कुलबाट एसइइ देखि माथिल्लो तहसम्म पुगेका छन भने सन्जाल देश विदेशसम्म फैलिइरहेको छ ।

समताबाट पढेकामध्ये ५५ डाक्टर, दर्जनौंको सङ्ख्यामा इन्जिनियर, सयौंको सङ्ख्यामा नर्स भएका छन्, भने केहि विदेशमा समेत राम्रो गरिरहेका छन । शिक्षा ब्यापारीकरण भएर गरिव निमुखका सन्तानले चाहेर पनि माथिल्लो तह अध्ययन गर्न नपाउने अवस्था विद्यमान रहदा मासिक १ सय रुपैयामा नर्सरी देखि स्नातकोत्तरसम्म पढाउने आशाको केन्द्र बनेका छन उत्तम सन्जेल ।

देशभर विद्यालय विस्तार भएको समता विद्यालय हाल विश्वका दुइ दर्जन भन्दा बढी देशमा समेत सन्चलित छ । यसै आर्थिक बर्षसम्म सबै गरि ४५ देशमा सस्तो मुल्यमा पढन पाउने ब्यवस्था विस्तारका लागि सन्जेल निरन्तर सक्रिय छन ।

जिवनप्रतिको विश्वास सकारात्मक चिन्तन अनि मेहनत निरन्तर भैरहे लक्ष्यमा पुग्न कठिन छैन । सन्जेलको बुझाइमा लक्ष्य भेदनका लागि इमान्दारिता निरन्तर प्रयास तथा सकारात्मक सोच ब्रम्हास्त्र हुन । यसबिना सफलता जटिलबाटो तिर लाग्न सक्छ ।

विदेशमा गएका युवाहरुलाई उनी भन्छन फर्क परदेशी । आफैले नबनाए आफ्नो देश अरु कसैले बनाइदिदैन । जीवनलाई जटिल बनाउनु छोडेर सामान्य तर्फ फर्किन उनको आग्रह छ ।

पढाइको विकल्प छैन । त्यसैले हरेकलाई शिक्षा र स्वास्थ्यको सहज पहुच हुनुपर्छ । त्यही अभियानमा झण्डै साढे २ दशक क्रियाशिल संस्थालाई अझै ब्यवस्थित बनाउन लक्ष्यमा उनी निरन्तर खटिनै रहेका हुन्छन ।

देशभरका समता विद्यालयमा पठाउने जनशक्ति भौतिक पूर्वाधार तथा आवश्यक सामाग्रीको प्रबन्ध मिलाउने त्यती सजिलो छैन । देश विदेशमा ठुलै सन्जाल बनिरहेको बेला उनको चाहना छ कि पठन पाउनेले अबश्य पढन पाओस ।

इच्छाशक्ती भयो भने गर्न नसकिने कुनै कुरा छैन भन्ने कुराका प्रतिमुर्ती हुन सन्जेल । उनीभित्रको आट उत्साह र प्रेरणाले समता विद्यालय र समता अस्पताल आज समृद्ध अवस्थामा पुगेका छन । एकल पहलबाट पनि यहासम्मको यात्रा तय हुन सक्छ भने अझ सरकारले चाहेको खण्डमा मुलुक परिवर्तनका लागि बेर लाग्दैन । सन्जेलको उदाहरणीय जिवनकथाबाट पक्कैपनि जिवनलाइ उचित दिशातर्फ प्रेरित गर्न जो सुकैलाई सघाउसिद्द हुनेछ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *