Top News अन्य

अफगानिस्तानमा बम विस्फोटमा चारको मृत्यु


काठमाडौं,३ बैशाख। अफगानिस्तानको कन्दाहार प्रान्तमा बिहीबार राती भएको एक बम विस्फोटमा परी कम्ती चार सर्वसाधारणको मृत्यु भएको स्थानीय प्रहरी स्रोतले शुक्रबार पुष्टि गरेको छ । मारिएका ती सर्वसाधारणमा तीन जना एकै परिवारका रहेका बताइएको छ । एक महिला र उनकै दुई बच्चाको मृत्यु भएको समाचारमा जनाइएको छ ।

शाह वाली कोट जिल्लाको जर्ताली इलाकामा ती परिवारको गाडी बमसँग ठोक्किँदा उनीहरुको सवारीसाधन ध्वस्त भएको प्रहरी प्रवक्ता जमाल बराक्जाईले सिन्ह्वा समाचार समितिलाई बताएका छन् । अफगानिस्तानमा आतङ्ककारीहरुले सुरक्षाबललाई लक्षित गर्दै गृह निर्मित बम सडक किनारमा विस्फोटन गराउँदै आएका छन् । यस्ता घातक हतियारहरुले सर्वसाधारणलाई पनि बारम्बार हानी पुर्याउँदै आएको छ ।

अफगानिस्तानमा सन् २०२० जारी सशस्त्र द्वन्द्वमा परी २ हजार ९५० भन्दा बढी सर्वसाधारणको मृत्यु हुनुको साथै ५ हजार ५४० भन्दा बढी घाइते भएका देशको स्वतन्त्र मानवअधिकार आयोगले जनाएको छ ।
सन् २०२० मा भएका अर्को छुट्टै घटनाहरूमा ३३० जना महिला र ५६५ बालबालिकाको मृत्यु भएको सो आयोग थप जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *