Top News राजनीति

सरकारी पैसाले भोजभतेर गरेको छैनः मादी नगरपालिका

संखुवासभा, ४ वैशाख । संखुवासभाको मादी नगरपालिकाले सरकारी पैसाले भोजभतेर नगरेको बताएको छ ।

बिहिबार माउण्टेन खबर डटकममा प्रकाशित ‘संखुवासभाको मादी नगरपालिका : सरकारी पैसामा एमालेको भोज’ शीर्षको समाचारको शुक्रबार खण्डन गर्दै नगरपालिकाका प्रमुख विदुर कुमार लिंथेपले नगरपालिकाको पैसा भोजभतेरमा खर्च नगरेको स्पष्ट पार्नुभएको हो ।

“नगरपालिकाको पैसा जनताको प्रतक्ष्य सरोकारका विषयमा खर्च गर्नु पर्दछ, जहाँसम्म ठेक्काको विषय छ, मेरा भाईले नगरपालिकाको कुनै ठेक्का लिएको छैन,”– नगरप्रमुखद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।

नगरप्रमुख लिंथेपले आफ्नो नगरपालिकाको कुप्रचार गर्नेलाई साइवर क्राइम ब्यूरोमा उजुरी दिनेसमेत विज्ञप्तीमा उल्लेख गर्नुभएको छ ।

यस्तै, राष्ट्रिय युवा संघ नेपाल मादी नगरपालिकाले पनि शुक्रबार विज्ञप्ती जारी गर्दै उक्त भोजभतेर युवा संघले गरेको जनाएको छ । युवा संघ मादी नगरपालिकाका अध्यक्ष रत्नबहादुर गुरुङ र केन्द्रीय सदस्य सन्दिप घिमिरेले संयुक्त विज्ञप्ती जारी गर्दै माउण्टेन खबरमा प्रकाशित समचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताइएको छ ।

युवा संघले कपोलकल्पित, दुराशययुक्त र भ्रामक सूचनाको पछाडि नलाग्न नगरबासीलाई आग्रह समेत गरेको छ । माउण्टेन खबर डकटमले उक्त समचारलाई स्रोतको भनाईलाई उदृत गर्दै बिहिबार साँझ समचार प्रकाशित गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *