Top News राजनीति

सर्वदलिय वैठक आज


काठमाडौँ, ४वैशाख। प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयिक राजनीतिक विषयमा छलफलका लागि संसदमा रहेका राजनीतिक दलहरूको बैठक बोलाउनुभएको छ ।


प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान ११ बजेका लागि सर्वदलीय बैठक राखिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मुलुकको विद्यमान राजनीतिक परिस्थितिबारे सल्लाह, सुझाव र छलफलका लागि बैठक डाकिएको हो ।”


विघटित प्रतिनिधि सभा पुनस्थापना र नेकपा (नेकपा) मा आएको विभाजनपछि मुलुकको राजनीतिमा अन्योल देखापरेको छ । यस्तो स्थितिमा प्रधानमन्त्री ओलीले डाक्नुभएको संसद रहेका दलहरूबीचको सर्वदलीय बैठकलाई राजनीतिक दलका नेताहरूले सकारात्मक रूपमा लिनुभएको छ ।


संसद्को हिउँदे अधिवेशन, कोभिड–१९ महामारीको दोस्रो लहरले सिर्जना गरेको समस्यालगायत विषयमा दलहरूको सुझाव लिन बैठक डाकिएको जनाइएको छ । नेकपा (एमाले), नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी लगायतका दलहरू संसदमा छन् ।


यो समााचार गोरखापत्र वाट साभार गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *