Featured Slider Top News जीवन यात्रा

डब्लुडब्लुएफ नेपालको कन्टी डाइरेक्टरक डा.घनश्याम गुरुङको जीवनयात्रा


जीवन आशा हो । जिवन उज्यालो हो ।जीवन प्रकाश हो । जीवन कस्तो बनाउने भन्ने ब्यक्ती आफैमा निर्भर रहने कुरा हो । आशाको मशाल बोकेर लक्ष्यमा केन्द्रित ब्यक्ति अन्तत एकदिन मुकाममा पुगेरै छोडछ । दोबाटोमा अल्मलिनेहरु अलमलमै जीवन विताइदिन्छन र अर्कोलाई दोष दिन्छन ।


जीवनको लय समात्नेहरुका लागि कुनै परिस्थिति प्रतिकुल हुदैन भन्ने उदाहरण हुन डा घनश्याम गुरुङ । मुस्ताङमा जन्मेर जिवनयात्राका अनेक घुम्ति छिचोल्दै संरक्षण क्षेत्रमा विख्यात गुरुङ अहिले डब्लुडब्लुएफ नेपालको कन्टी डाइरेक्टरको भूमिकामा छन ।

सानै उमेरमा आमाको मृत्यु भएपनि बाबु र बाजेको प्रेरणाले उनको गोरेटो कहिल्यै विथोलिएन । बाजेको पहलमा माथिल्लो मुस्ताङ अर्थात लोमान्थाङबाट उनको प्रारम्भिक शिक्षा शुरु भयो भने माध्यामिक तहको अध्ययन जोमसोमबाट भयो ।

जोमसोमबाट ५ दिन हिडेर पोखरा आएर एसएलसी दिएका उनी त्योबेला दुर्गम जिल्लाबाट एसएलसी दिने दोस्रो ब्यक्ती हुन । त्यसपछि काठमाण्डौ आएका गुरुङ छात्रवृत्तीमा इन्जिनियरीइ पढने अवसर पाए भने लगत्तै जैविक विविधता संरक्षणको विषयमा न्युजल्याण्डबाट स्नातकोत्तर पुरा गरे ।
जब उनी न्युजल्याण्डबाट फर्किएर अन्नपूर्ण संरक्षण क्षेत्रमा काम शुरु गरे अनि त्यसैमा नशा बस्यो । यो नै उनको जिवनमा करियरको कोशेढुंगा हो ।

संघर्षबाट उठेका उनी जिवनलाई मेहनत र परिश्रमको विश्वविद्यालय ठान्छन । जीवनलाई संघर्षको रुपमा अर्थ्याइरुहदा छ प्रकारका संझौताबाट आफू यहाँसम्म आइपुगेको गुरुङको विश्वास छ ।

जीवनका हरेकपल अर्थपूर्ण र उपलब्धी मुलक मान्ने गुरुङलाई जिन्दगीका दुइ विषद घटनाले हरसमय झस्काइरहन्छ । सानैमा आमाको मृत्यु अनि संरक्षण क्षेत्रका शिखर ब्यक्तित्व हर्कगुरुङ लगायत ब्यक्तिको मृत्यु हुने गरि ताप्लेजुङको घुन्सा मा भएको हेलिकोप्टर दुर्घटना ।

सफलताको एउटै कडी हो निर्दिष्ट लक्ष्य र निरन्तरको मेहनत । उनको वुझाइमा परिश्रमको कुनै विकल्प छैन र त्यसैमा नै उसको सफलता र खुशी निर्भर रहन्छ । सकारात्मक सोच र इमान्दारीता जिवनको अर्को सौन्दर्य हो । त्यसैले नै जिवनलाई पुस्पित पल्लवित बनाइरहेको हुन्छ ।

संरक्षणको क्षेत्रमा हिमचितुवा च्याम्पियनको उपाधीले विख्यात गुरुङलाई संसारमा नेपाल भन्दा सुन्दर देश अर्को लाग्दैन । प्राकृतिक तथा जैविक विविधताले सम्पन्न मुलुकलाई ब्यवस्थापन मात्र गर्ने हो भने सुनमा सुगन्ध हुने उनको वुझाइ छ ।
जीवनका हरेक महत्वपूर्ण क्षणमा त्यस्तै ब्यक्तीको भेट र सहयोगले विश्वविख्यात हार्वड विश्वविद्यालयसम्म पुगेका उनी आफुलाई सबैभन्दा भाग्यमानी ब्यक्तिको रुपमा लिन्छन ।

सानैदेखि बुद्ध दर्शनबाट दिक्षित उनी जिवनप्रतिको उज्यालो चेतले उनको जिवन दर्शन फरक छ । वाचुन्जेल खुशी भएर वाँच्ने र मृत्युलाई पनि उत्सवको रुपमा आत्मसात गर्दै विदा हुनुपर्ने बताउछन उनी ।

एउटी छोरी अनि श्रीमती सहितको सुखी परिवार छ उनको । कोहि ब्यक्ति उचाइमा पुग्न पृष्ठभूमीवाट अरु धेरै ब्यक्तिको आड र आधार बलियो चाहिन्छ । गुरुङको उचाइमा उनकी श्रीमती अनिता लामा गुरुङको भूमिका पनि महत्वपूर्ण छ ।

श्वेत हिमश्रृखलाको छेउमा जन्मिएर विश्वका अधिकांश मुलुक पुगेका उनी अहिले पनि उत्तिकै सरल सरस र धवल प्रकृतिका छन ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *