Top News अन्य

मोटरसाइकल दुर्घटनामा भक्तपुरमा एकको मृत्यु


भक्तपुर,५वैशाख।मोटरसाइकल दुर्घटना हुँदा यहाँ एक जनाको मृत्यु भएको छ । चाँगुनारायण नगरपालिका–७ बागेश्वरी फुलिगाउँमा बा ९० प १२७५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा स्थानीयवासी ४६ वर्षीय दामोदर लामिछानेको मृत्यु भएको हो ।

आफ्नो घर नजीक दुर्घटना भएर सोही मोटरसाइकलले थिचिएको अवस्थामा स्थानीयवासीले उद्धार गरी उपचारका लागि भक्तपुर अस्पताल लगेकामा उपचारकै क्रममा आज उहाँको मृत्यु भएको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *