Featured Slider Top News अन्य

यती एअरलाइन्सले गर्यो स्वास्थ्य मापदण्डमा कडाई


काठमाडौँ,५ वैशाख। दोस्रो चरणको कोभिड–१९ सङ्क्रमणलाई ध्यानमा राख्दै यती एअरलाइन्सले स्वास्थ्य मापदण्डलाई कडाई गरेको छ । लामो समयको बन्दाबन्दीपछि स्वास्थ्य सतर्कतालाई प्राथमिकता राखेर उडान सुरु गरेको यतीले दोस्रो चरणको कोरोना सब्क्रमण बढेसँगै स्वास्थ्य मापदण्डलाई कडाई गरेको हो ।

यात्रुलाई सुरक्षित र सङ्क्रमणरहित यात्रा गराउने उदेश्यलेबन्दाबन्दीपछि स्वास्थ्य निर्देशिका बनाएको यतीले उक्त स्वास्थ्य निदेशिकालाई कडाईका साथ पालना गराउने एअरलाइन्सका प्रवक्ता एवम् हवाईसुरक्षा प्रमुख सुदर्शन बर्तौलाले राससलाई जानकारी दिनुभयो । “अहिलेको अवस्थामा सङ्क्रमणा जोखिम कायम रहेपनि उच्च सतर्कता अपनाएर यात्रुलाई सुरक्षित यात्रा गराउन हामी प्रतिवद्ध छौँ,”– प्रवक्ता बर्तौलाले भन्नुभयो ।

यतीले बन्दाबन्दीपछि जारी गरिएको स्वास्थ्य निदेशिकालाई अनुशरण गरी उडान गर्दा अहिलेसम्म कसैलाई पनि कोरोना सङ्क्रमण नभएको उहाँको भनाई छ । यतीले उडान पहिले यात्रुको सिट, लगेज तथा सामान निमर्लीकरण गनेर यात्रुलाई सिट नम्बरको आधारमा विमानभित्र चढाउने तथा ओराल्ने व्यवस्था मिलाइएकाले ढुक्क भएर यात्रा गर्न आग्रह समेत गरेको छ ।

विमानभित्र उपलब्ध सेवा भने हाललाई स्थगित गरिएको प्रवक्ता बतौैलाले बताउनुभयो । यती एअरलाइन्सले कोभिड–१९ सब्क्रमित व्यक्तिलाई यात्रामा प्रतिबन्ध लगाउनुका साथै बृद्ध, दिर्घरोगी, गर्भवती महिलालाई सकेसम्म जहाजमार्फत यात्रा नगर्न अनुरोध गरेको छ ।

यस्तै, उडान अगाडि यात्रुले भर्नुपर्ने फारम अनिवार्य भर्नुपर्ने, उडानभन्दा एक घण्टा अगाडि विमानस्थल पुग्नुपर्ने, उडान अगाडि शरीरको तापक्रम चेकजाँच गर्नुपर्ने, सेनिटाइजर तथा माक्सको अनिवार्य प्रयोग गर्नुपर्ने बताएको छ । यतीले यात्राका क्रममा भौतिक दूरी कायम गर्न, यात्रुलाई क्याविनमा हातेझोलाबाहेक अन्य झोला नलैजान, विमानमा घरपालुवा जनावर ओसारपसार नगर्न र विमानभित्र सिटमा बसिसकेपछि अनावश्यक रुपमा हिँडडुल नगर्न आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *