Featured Post Featured Slider जीवन यात्रा

केन्द्रिय सहकारी संघ (नेफ्स्कून) का अध्यक्ष परितोष पौड्यालको जीवनयात्रा


६ वैशाख। जीवन एक अनुपम वरदान हो । यसलाई अझै कसरी पुस्पित र पल्लवित बनाउने भन्ने विषय ब्यक्तिमा भर पर्ने कुरा हो । निर्दिष्ट लक्ष्य तय गरेर निरन्तर मेहनत गर्ने ब्यक्ती कुनै समय जतिसुकै कठिनाइ परेपनि अन्तत आफ्नो मुकाम भेटेरै छोडछ । सामाजिक रुपान्तरणको लक्ष्यमा केन्द्रित भइ निरन्तर सामाजिक सेवामा समर्पित ब्यक्ती हुन सहकारी अभियन्ता परितोष पौड्याल ।
तनहुँ जिल्लाको हाल भानु नगरपालिका ११ मा जन्मि अनेक आरोह अवरोह पार गर्दै राजनीतिक क्षेत्रमा समेत स्थापित पहिचान बनाएका पौडेल हाल नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कून) का अध्यक्ष समेत हुन ।

सानैदेखि निडर र नेतृत्वदायी क्षमता भएका पौडेल कक्षा आठदेखि कम्युनिष्ट दर्शनबाट प्रभावित हुदै विद्यार्थी संगठनमा होमिए । सानै उमेरवाट सार्वजनिक जीवनमा प्रवेश गरेका उनले राजनीतिक यात्राकै क्रममा बुझे कि आर्थिक सामाजिक तथा साँस्कृतिक रुपान्तरण विना परिवर्तन सम्भव छैन । र त्यसका लागि आर्थिक जग नै मजबुत हुनुपर्छ भन्ने लागेपछि उनी २०५३ सालमा सहकारी संस्था स्थापना गरि सहकारी आन्दोलनमा होमिएका हुन ।

सहकारी क्षेत्रमा विभिन्न खुटकिला र चरण पार गर्दै हाल सोहि क्षेत्रको नीति निर्माण तहमा पुग्न सफल परितोष देशका सबै जिल्लामा पुगेका छन । अभियानकै क्रममा देशका कुनाकाप्चामा पुगेर आम नेपालीको आर्थिक धरातलको नाडी छामेका उनलाई त्यहि तल्लो तहको उत्थान विना मुलुकको परिवर्तन सम्भव लाग्दैन । र त्यसका लागि सहकारी नै बलियो आधार हो भन्ने लाग्छ ।
अभियानकै क्रममा देशका दुर्गम क्षेत्र पुग्दा सहकारीले निम्न आर्थिक अवस्थाका मानिसको जिवनमा कसरी प्रभाव पारेको छ भन्ने बुझ्न सजिलो भयो ।

अत्यन्तै उर्जाशिल समय खपत गरेको सहकारी क्षेत्रको समायानुकुल परिवर्तन गर्दै आम नेपालीको परिवर्तनको सुत्रधार सहकारी बन्नुपर्छ भन्ने उनको ध्येय छ । झण्डै साढे छ दशक लामो सहकारी यात्रामा अहिले लाखौ नेपाली आबद्ध छन । प्रतक्ष्य रुपमा एक लाखले रोजगार पाएपनि अप्रतक्ष्य रुपमा जोडिनेको संख्या ठुलो छ । पीधको वर्गलाइ उकास्न महत्वपूर्ण योगदान पुर्याएको भन्दै सरकारले पनि सहकारीलाई अर्थतन्त्रका तीन मध्ये एक खम्बा मानेको छ ।
तर पछिल्लो समय सहकारीमाथी प्रश्न उठिरहेको बेला समृद्धिको प्रमुख आधारको रुपमा सहकारीलाई ब्यवस्थित गर्दै ठुलो सुधार गर्नुपर्नेमा उनी जोड दिन्छन । सहकारीको नाममा बदनाम गर्नेलाई कारवाही गर्दै सहकारीलाई चुस्त दुरुस्त बनाउन पहलकदमी गर्ने उनको अठोट छ ।

जीवनलाई एक संघर्षमय यात्राको रुपमा बुझेका परितोष लक्ष्यमा पुग्नका लागि जिवनलाइ बुझ्ने सामर्थ्य राख्नुपर्ने बताउछन । परिस्थिति अनुसार क्षमता अभिवृद्धि गर्दै आफुलाइ रुपान्तरण गर्दै जाने हो भने यात्रामा जति नै उतार चढाव आएपनि मुकाम टाढा नहुने उनको बुझाइ छ ।
वाइट
राजनीतिक क्षेत्रमा स्थापित पहिचान भएपनि उनको पहिलो रोजाइ सहकारी क्षेत्र र्ने हो । परिआउदा जुन सुकै जिम्मेवारी सम्हाल्ने क्षमता राख्ने परितोष भोलिपनि सहकारीकै शुद्धिकरण र शसक्तिकरणमा केन्द्रित हुने बताउछन ।
सहकारीमार्फत आम नागरिकको आर्थिक जिवनलाई ब्यवस्थित गर्दै वित्तिय साक्षरतामार्फत पुजीबजारमा प्रवेश र उद्यमशिलतातर्फ केन्द्रित गर्ने उनको लक्ष्य छ ।

विश्वमा जहाँ सहकारी बलियो छ त्यहाँ आर्थिक मन्दि छैन । जहाँ सहकारी कमजोर छ त्यहा आर्थिक विचलनको अवस्था छ । अर्थब्यवस्था र सामाजिक जीवनपद्धतीको परिवर्तनको प्रमुख अस्त्र नै सहकारी हो भन्ने लाग्छ उनलाई । उनको यहाँसम्मको यात्रालाइ सुगम र सहज बनाउनका लागि परिवारको उत्तिकै महत्वपूर्ण योगदान छ । जीवनको लामो कालखण्ड शिक्षण पेशामा विताएका उनका बाबु विष्णुप्रसाद पौडेल नै उनको प्रेरणाको शक्ति र स्रोत हो भने नेपथ्यवाट श्रीमती सुनिता अधिकारी पौडेलको साथ र सहयोग पनि त्यत्तीकै रह्यो ।

लाखौ नेपालीको जवनको अभिन्न अंग बनेको सहकारी क्षेत्र सुधारका लागि परितोषको प्रयत्तन सफलीभूत बनोस हाम्रो पनि शुभकामना छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *