Top News अन्य राजनीति

गण्डकी प्रदेशसभाको अधिवेशन बैशाख १३ गते


पोखरा,६ बैशाख। गण्डकी प्रदेशसभाको अधिवेशन बैशाख १३ गतेलाई बोलाइएको छ।

प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभाका सभामुखलाई पत्र लेख्दै गण्डकी प्रदेशको अधिवेशनको आव्ह्वान गर्नुभएको हो। प्रदेशसभाको विशेष अधिवेशनको माग गर्दै प्रदेश सभाका २८ जना सांसदहरुले प्रदेश प्रमुख समक्ष पत्र बुझाएका थिए।

सोही अनुरुप प्रदेश प्रमुखले संविधानको धारा १८३ को उपधारा ९३० बमोजिम अधिवेशन बोलाउनुभएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *