Featured Post Featured Slider जीवन यात्रा

उद्योगपती उमेशलाल श्रेष्ठको जीवन यात्रा


७ वैशाख। जीवन यात्रा कहाँ कसरी अघि बढछ र कुन घुम्तिमा कसरी मोडिन्छ यकिन छैन । कुनै एउटा सानो घटनाले पनि जिवनको बाटो बदलिन्छ । जीवनको लक्ष्य उद्देश्य र मुकाम बदलिन्छ । कतिपयको जिन्दगिमा पारिवारिक पृष्ठभूमिले नयाँ पुस्ताको जीवन यात्रा डोराइरहेको हुन्छ भने कसैका लागि त्यस्तो वातावरणले कुनै फरक पार्दैन ।

पारिवारीक विरासत एकातिर भैरहदा अर्कै वाटोमा लागेर सफलताको उचाइमा पुग्ने ब्यक्ती हुन उद्योगपति उमेशलाल श्रेष्ठ । नेपालको कम्युनिस्ट आन्दोलन मात्र नभइ प्रजातान्त्रिक आन्दोलनमा समेत शिखर पुरुष मानिने कम्युनिष्ट पार्टिका संस्थापक पुष्पलाल श्रेष्ठ र उत्तिकै राजनीतिक उचाइमा पुगेकी सहाना प्रधानका छोरा उमेशलाल प्रधान आज देशकै प्रतिष्ठित उद्योगपतिको रुपमा स्थापित छन ।

राजनीतिक इतिहासमा महत्वपूर्ण योगदान पुर्याएको परिवारमा जन्मिएका उमेशलाललाई राजनीतिप्रति कहिल्यै चासो भएन र आकर्षण पनि भएन । बरु १९ बर्षको उमेरमा जागिर शुरु गरेर जम्मा भएको पैसाले ब्यापार शुरु गरे । त्यसपछि उद्योगविना आर्थिक समृद्धि नहुने देखिपछि उद्योग तर्फ लागे ।

त्रिभुवन विश्वविद्यालयमा प्राध्यापक पेशामा रहेकी आमा सहाना प्रधानलाई राजनितिक कारण जब जागरिबाट हटाइयो । यो घटना नै छोरा उमेशलालका लागि जिन्दगीको युटर्न बन्यो ।

संघर्ष विना न त जिवनको सार्थकता छ न त सफलता नै पाउन सकिन्छ । यो कुरा राम्रो सँग बुझेका उमेशलाल लाई उद्यमविनाको समय ब्यर्थ हो भन्ने लाग्छ । भाग्यमा केहि विश्वास गर्ने उनी लक्ष्य प्राप्तीको व्रम्हास्त्र मेहनत नै भएको मान्छन ।

वितेको समयले कहिलेकाँहि झस्काउछ । कुनै बेला ६ सय रुपैयाको जागिर खाने मान्छे आज नौ सय भन्दा बढी रोजगार दिदै मुलुककै प्रतिष्ठित उद्योगपतिको रुपमा स्थापित पाउदा आफैलाइ सपना जस्तो लाग्छ । हृदयमा मुलुकप्रति अगाध स्नेह छ । त्यसैले देशप्रति बेइमानी गर्नेहरु पटक्कै मन पर्देन । भूकम्पको बेला झण्डै डेढकरोड बराबरको औषधी निशुल्क उपलब्ध गराएका श्रेष्ठ भन्छन सरकारलाई एक रुपैया पनि करछलि गरेको छैन । यहि नै देशप्रतिको योगदान हो ।

देशका ७७ वटै जिल्लामा पुगेर नेपाली जनजिवनको नाडी छामेका उनी विश्वका ८० भन्दा बढी मुलुक भ्रमण गरेका छन । विश्वको जुन कुनामा पुगेपनि नेपाल भन्दा स्वर्ग अर्को लाग्दैन तर राजनीतिक बेइमानी गर्नेहरुले मुलुकलाई सुनको थालमा भिख मागेजस्तै गराएको बोध हुन्छ ।

हिजो वितिसक्यो भोली अनिश्चित छ त्यसैले जिवन वाँच्ने र केहि गर्ने समय वर्तमान हो । उमेशलालको जीवन दर्जन र बुझाइ यहि हो । यहि आदर्शलाइ आत्मसात गर्दै यहाँसम्म आइपुगेका उनमा अरु ठुला महत्वाकांक्षा पनि छैनन ।
औषधी उद्योग बैंक तथा इन्स्योरेन्समा लगानी भएका उनी झण्डै डेढ दशक उद्योग वाणिज्य महासंघमा कार्यकारिणी तहमा रहेर काम गरे । त्यहि अनुभवले मुलुकका लागि केहि गर्ने अठोट लिएका उनी महासंघको आउदो निर्वाचनमा उपाध्यक्ष पदका बलिया दाबेदार पनि हुन ।

कठोर मेहनत र संघर्षले आफ्नो उचाइ चुमेका श्रेष्ठ सरल स्वभावका सफा र विराट हृदयका मान्छे हुन । संघर्षले जीवनलाई पुस्पित र पल्लवित बनाउने उनको जीवन विश्वास छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *