Featured Post Featured Slider जीवन यात्रा

अन्तराष्ट्रीय गैरसरकारी संस्था वान हार्ट वल्डवाइडको कार्यकारी निर्देशक सूर्य भट्टको जीवनयात्रा

९ वैशाख। जीवन यात्रा कहाँ कसरी अघि बढछ र कुन घुम्तिमा कसरी मोडिन्छ यकिन छैन । कुनै एउटा सानो घटनाले पनि जिवनको बाटो बदलिन्छ । जिवनको लक्ष्य उद्देश्य र मुकाम बदलिन्छ । कतिपयको जिन्दगिमा पारिवारिक पृष्ठभूमिले नयाँ पुस्ताको जिवन यात्रा डोराइरहेको हुन्छ भने कसैका लागि त्यस्तो वातावरणले कुनै फरक पार्दैन ।

धादिङ सदरमुकामबाट १ घण्टाको दुरीमा पर्ने दुर्गम ग्रामिण क्षेत्रमा सामान्य परिवारमा जन्मिएर साढे तीन दशककै उमेरमा संघर्षले उचालेको सूर्य भट्टको जीवन यात्रा धेरैको लागि प्रेरणामुलक हुन सक्छ । लक्ष्य साँधेर निरन्तर लागि रह्यो भने सफलता टाढा छैन भन्ने कुराको गतिलो उदाहरण हुन उनी ।
हाल मातृशिशु स्वास्थ्य क्षेत्रमा नेपालमा लामो समयदेखि काम गर्दै आइरहेको अन्तराष्ट्रीय गैरसरकारी संस्था वान हार्ट वल्डवाइडको कार्यकारी निर्देशक रहेका भट्टले आफ्नो जीवनको पूर्वार्धकाल यसरी संझिन्छन ।

छोरालाई डाक्टर बनाउने परिवारकै लक्ष्यमा उनले आफ्नो तीर सोझाए पनि आमा र शिषुको स्वास्थ्य क्षेत्रमा केहि गर्नुपर्छ भन्ने प्रेरणा र अठोट उनले आफ्नी आमाबाट पाएका हुन । १६ बर्षको उमेरमा पहिलो सन्तान पाउदा आफ्नी आमाले भोगेको कहाली लाग्दो पीडाको कहानीले उनलाइ ग्रामिण क्षेत्रको स्वास्थ्य अवस्थासँग जोडिएर काम गर्न प्रेरणा दिएको हो ।

सन २०१६ मा अमेरिकाको प्रख्यात विश्वविद्यालयमा ब्यवस्थापन तर्फका लागि झण्डै एक लाख डलर बराबरको छात्रबृतीको अवसर पाउनु उनको जिवनको टर्नीङ प्वाइन्ट हो । त्यतिबेला नेपाल नफर्किन सुझाव दिनेहरुलाइ ब्यवहारले जवाफ दिनु थियो त्यसैले अध्ययन पुरा गरेर नेपाल फर्केका उनी नेपालको मातृशिशु स्वास्थ्यमा काम गरिरहेको वान हार्ट वल्डवाइडमा माथिल्लो जिम्मेवारीमा रहेर काम गरिरहेका छन । अहिले सो संस्थाले देशका १६ जिल्लामा काम गरिरहेको छ ।

बाल्यकालदेखि नै विद्रोहि स्वभावका भट्ट अध्ययनका विभिन्न चरणमा पनि नेतृत्वदायी भूमिकामा रहेर काम गरे । ग्रामिण जिवनशैलीवाट उठान भएको यात्रामा उनले भोगेका हण्डर र ठक्कर प्रशस्तै छन तर तिनै असजिलालाइ उनले सफलताको भर्याङ बनाए ।
छोटो समयमा विभिन्न महत्वपूर्ण जिम्मेवारीमा रहेर काम गरिसकेका भट्टले जिवनलाइ संघर्षकै पर्यायका रुपमा बुझेका छन ।
जिवनको परिभाषा ब्यक्तिपिच्छे फरक हुन्छ । तर समाज परिवर्तनका लागि कुनै न कुनै भूमिकावाट पहलकदमी भएमात्रै जीवन सार्थक र सफल हुने उनको बुझाइ छ ।

संघर्षबिना सफलता प्राप्ती असम्भव छ । त्यसैले जीवनयात्रामा आइपर्ने आरोह अवरोह जीन्दगीका सौन्दर्य हुन । जहाँ र जुन अवस्थामा रहेपनि देशको असल नागरिक बनेर देश र जनताका लागि समर्पित भैरहने उनको अवको लक्ष्य हो ।

त्यसो त कोहि ब्यक्तिको सफलताको नेपथ्यमा धेरै जनाको आड भरोसा रहेको हुन्छ । भट्टको जीवनयात्रा सफलिभूत बनाउन पनि उनका परिवारका हरेका सदस्यको भूमिकालाई नजरअन्दाज गर्न मिल्दैन ।

जीवन एक अनुपम वरदान हो । यसलाई अझै कसरी पुस्पित र पल्लवित बनाउने भन्ने विषय ब्यक्तिमा भर पर्ने कुरा हो । निर्दिष्ट लक्ष्य तय गरेर निरन्तर मेहनत गर्ने ब्यक्ती कुनै समय जतिसुकै कठिनाइ परेपनि अन्तत आफ्नो मुकाम भेटेरै छोडछ । भट्टको संघर्षमय जीवनयात्राले पनि जीवनप्रतिको विश्वास र दृष्टिकोण बदल्न अवस्य प्रेरणा दिन्छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *