Top News अन्य

रामेछापबाट बलात्कार गरि फरार काठमाडौंबाट पक्राउ

काठमाडौं,९ बैशाख । रामेछापको दोरम्बा गाउँपालिकास्थित ढुकुरेकी एक बालिकालाई बलात्कार गरी फरार भएका युवक काठमाडौंबाट पक्राउ परेका छन।

दोरम्बा गाउँपालिका ६ का १९ वर्षीय सन्तोष ढुंगेललाई जिल्ला प्रहरी कार्यालय रामेछापबाट खटेको प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो। उनले गत चैत २८ गते राम्रो सँग बोल्न नसक्ने एक बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ।

पक्राउ परेका उनलाई अनुसन्धानका लागि अदालतबाट ७ दिनको म्याद थप लिइएको डिएसपी नवराज ढुंगानाले जानकारी दिए।

पछिल्लो समय रामेछाप प्रहरीले बलात्कार गरी फरार भएका आधा दर्जन जति व्यक्ति पक्राउ गरिसकेको छ। महिला हिंसाका न्युनिकरणका लागि पनि विभिन्न कार्यक्रम संचालन गर्दै आइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *