Featured Slider जीवन यात्रा

नागार्जुन नगरपालिकाको प्रमुख मोहनबहादुर बस्नेतको जीवन यात्रा


१० वैशाख। जीवन चर्खाजस्तै हो । कुन घरिमा तौलो माथी जान्छ कुन घरीमा तौलो तल पुग्छ । जीवन पनि अनेक आरोह अवरोहकाबीच चक्रजस्तै घुमिरहेको छ ।

जीवनप्रति मानिसका फरक फरक दृष्टिकोण र धारणा हुन्छ । भोगाइ तथा संघर्षकथाकै आधारमा जीवनप्रतिको सबैको बुझाइ फरक फरक हुन्छ ।

गोर्खा पुर्ख्यौली घर भइ काठमाण्डौको सितापाइलामा सैन्यपरिवारमा जन्मिएर राजनीतिमा होमिएका मोहनबहादुर बस्नेतको पनि जीवनप्रतिको बुझाइ फरक छ ।
लक्ष्यमा निर्दिष्ट भएर लाग्नेहरुका लागि जिवन जीत हो । जीवन उत्सव हो । जीवन रमाइलो यात्रा हो । घर होस वा मावलतर्फ नेपाली सेनामा आबद्ध परिवार भएपनि मोहनबहादुर राजनीतिमा होमिनुको पछाडी गहिरो कारण छ । उनी नौ बर्षको हुदा पीताको हत्या भएको घटना र न्यायप्राप्तीको लडाइमा पन्चायती ब्यवस्थाले सिर्जना गरेका अनेक बखेडाकै कारण उनी त्यहि ब्यवस्थाविरुद्ध राजनीतिमा होमिएका हुन ।

एउटै घटनाले जीवनको बाटो बदलिदो रहेछ । पन्चायतविरुद्ध वितृष्णा बढदै जाँदा २०३६ सालको जनमत संग्रहमा मताधिकार नरहेपनि आन्दोलनमा सक्रिय रहे उनी । बहुदलको पक्षमा सक्रिय रुपमा लागिरहदा देशद्रोहि अराष्ट्रिय तत्वको रुपमा घोषणा गरि पन्चायती ब्यववस्थाले उनीमाथी प्रहार गरिरह्यो । त्यहिबेला पन्चायत विरुद्ध संघर्ष गरिरहेको नेपाली काँग्रेसका नेताहरु गणेशमान सिंह गिरिजाप्रसाद कोइराला लगायत नेताको साथ र प्रेरणाले राजनीतिक आन्दोलनमा होमिन थप उत्साह थप्यो ।

राजनीतिक परिवर्तनका लागि अनेक संघर्ष र आरोह अवरोह पार गर्दै हाल नागार्जुन नगरपालिकाको मेयर रहेका बस्नेत अहिलेको राजनीतिक प्रवृतिप्रति खुशी छैनन । आफुले पाएको जिम्मेवारी सफलतापूर्वक पुरा गर्नु र केहि न केहि सकृति रहने गरि काम गर्नु उनको लक्ष्य हो । तर पटक पटक भएका ठुला राजनीतिक परिवर्तन पछि ब्यवस्था फेरिएपनि नेताहरुको प्रवृति नफेरीदा उनी निराश छन ।

जनताकै आवाज सुन्नका लागि घरदैलो सरकार भएपनि जनप्रतिनिधिहरु तीनतहको सरकारको मर्म बुझ्न नसकेको जस्तो उनलाइ लाग्छ । देश र जनताको लागि भन्दा पनि आफ्नो र आफ्ना लागि नेताहरु केन्द्रित हुदा नागरिकले परिवर्तनको महसुस गर्न पाएका छैनन । भने राजनीतिलाई पेशा बनाएर सरकारी सम्पतीको चरम दुरुपयोग भैरहेको र भद्रगोल ब्यवस्थाले उनको मन हरसमय पोलिइरहन्छ ।

जनताको शासन भनिने गणतन्त्र आइसक्दा पनि सानालाई ऐन ठुलालाई चैनको अवस्था अन्त भएको छैन । देश अनि नागरिक गरिवीको चक्रब्युहमा फसिरहदा केहि सिमित ब्यक्तिको हालीमुहाली कायम रहिरहदा यो ब्यवस्था रहला या नरहला भन्नेमा पनि प्रश्न उठन थालेको छ ।

विद्यमान धमिलो राजनीतिप्रति गुनासो गरिरहदा उनी आफैपनि जनप्रतिनिधि हुन । नागार्जुन नगरपालिकाको चुनाव जितेपछि आफुले ठुलो परिवर्तन गर्न नसकेपनि कम्तिमा शुरुवात गरेकोमा भने उनी सन्तुष्ट देखिन्छन ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *